2

Logo २०८३ बैशाख १५ मंगलबार
रामपुरका युवालाई विकास मोडालिटीमा लैजान्छु- मेयर पदका उमेदवार शिव अर्याल

रामपुरका युवालाई विकास मोडालिटीमा लैजान्छु- मेयर पदका उमेदवार शिव अर्याल


Sabalnews प्रकाशित मिति : शनिबार, बैशाख २४ २०७९
2.3K

पाल्पा ।

नेकपा एमालेको तर्फबाट रामपुर नगरपालिकाको नगरप्रमुखका उमेदवार शिव अर्यालले युवा शक्तिलाई विकास संग जोड्ने बताउनुभएको छ ।

रामपुरको समृद्धि र विकासका लागि आफ्नो १०८ बुदे खाका प्रस्तुत गर्दै अर्यालले युवा शक्तिलाई गाउँमै परिचालन र रोजगार भन्दा पनि पलायन गराउने परिपाटी बसेकोले आफुले नगरप्रमुखमा जितेमा रामपुरका युवा शक्तिलाई रामपुरको विकासमा जोडेर लैजाने बताउनुभएको हो । रोजगार बिना विकास संभव नभएको बताउदै उहाँले मानव विकास, सामाजिक विकास, आर्थिक विकास सहित समग्र नगर बनाउने योजनामा युवालाई फोकस गरिने बताउनुभयो । युवा र विकास परिपुरक रहेको उल्लेख गर्दै उहाँले युवाको नयाँ योजना, सल्लाह र हरेक काममा युवालाई जिम्मा दिदै तत्काल प्रतिफल आउने गरि काम गरिनेमा जोड दिनुभयो ।

रामपुरमा स्वरोजगारको समस्या प्रमुख रहेको उल्लेख गर्दै अर्यालले कृषि र पशुपालनमा नगरले बिमा गरिदिएर आत्मनिर्भरबाट व्यवसायिक बनाउन आफू लाग्ने बताउनुभयो । युवालाई विदेश पठाएर रेमिटेन्सले खुशी हुने नेपाली परिपाटीमा अर्याल युवा बिदेश भन्दा गाउँमै सामुहिक काम र बिकासमा हिस्सेदारी भएर परिवारको साथमा रहेर काम गर्ने गरि सयौं युवालाई रोजगारको सिर्जना गर्न सकिने बताउनुभयो ।

हरेक घरमा धारो, वडा-वडामा पुस्तकालय र पार्क, रिङरोड निशुल्क बस सेवा, पर्यटन हव बनाएर रामपुरको विकासमा फड्को मार्ने अर्यालले बताउनुभयो । न्यायको पहुँचमा सबै नागरिकलाई जोडेर समुन्नत नगर बनाउने प्रण उमेदवार अर्यालको रहेको बताएका छन् ।

नगरपालिकाको दैनिक कार्य संचालनमा ९ बुदे प्रतिबद्धता सार्वजनिक गर्दै उमेदवार अर्यालले नगरमा पुग्न झण्झटिलो अबस्थामा संभव भएसम्मका काम वडाबाटै गर्ने गरि व्यबस्था मिलाउने बताउनुभयो ।

नगर विकासको लागि नगर भित्र र बाहिरका बिषय विज्ञ समेटेर विज्ञ समिति बनाई कार्य संचालनमा सल्लाह सुझाब लिएर काम गर्ने बताउनुभयो । नगरको शिक्षा, स्वास्थ्य, युवा स्वरोजगार, पर्यटन, डिजिटल रामपुर, कृषि पशुपालन, खेलकुद विकास, पुर्वाधार निर्माण, खानेपानी सिंचाइ, यातायात सडक, न्याय, सौन्दर्यकरण तथा सरसफाई, मजदुर, उद्योग व्यवसाय, बिपन्न समुदायको हितको लागि काम गर्ने गरि नगरप्रमुखका उमेदवार अर्यालले १०८ बुदे प्रतिबद्धता पत्रमा समेटेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com