2

Logo २०८३ बैशाख १३ आइतबार
विश्वकप लिग–२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाई

विश्वकप लिग–२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाई


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र २५ २०८१
701

आईसिसी विश्वकप लिग–२ को दोस्रो त्रिकोणात्मक सिरिजन खेल्ने क्यानडा जान लागेको नेपाली टिमको बिधाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक कार्यक्रम आयोजना गर्दै नोपली क्रिकेट टिमको बिदाई गरेको हो ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामा, म्यानेजर विनोद दासलगायत बिदाई गरे। नेपाली टिम आसै क्यानडा प्रस्थान गर्ने तालिका छ।

क्यानडा र ओमानसँगको त्रिकोणात्मक सिरिजका लागि क्यानले सोमबार राति मात्रै १६ सदस्यीय टिम घोषणा गरेको थियो।

क्यानडामा नेपालले घरेलु टोली क्यानडा र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्नेछ। लिग–२ मा नेपालको यो दोस्रो सिरिज हो। नेपालले क्यानडासँग सेप्टेम्बर १६ र २२ तथा ओमानसँग सेप्टेम्बर १८ र २४मा खेल्ने छ।

लिग २ पछिको सिरिज सकिएपछि नेपालले ओमान र क्यानडासँगै त्रिकोणात्मक टि–२० सिरिज पनि खेल्ने छ। टि–२० सिरिजमा नेपालले सेप्टेम्बर २८ र १ अक्टोबरमा क्यानडासँग र सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ।

त्यसपछि नेपाली टिम उतैबाट लिग–२को तेस्रो सिरिजका लागि अमेरिका प्रस्थान गर्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com