2

Logo २०८३ बैशाख १३ आइतबार
चैतेदशै भलिवलको उपाधी नवलपुर डेढगाउलाई

चैतेदशै भलिवलको उपाधी नवलपुर डेढगाउलाई


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २७ २०७८
3.4K

पाल्पा ।

मेलाको उपाधी चैते दशै मेलाको अबसरमा रामपुर नगरपालिका २ भलायटारमा आयोजित वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधी डेढगाउँ नवलपरासीले हात पारेको छ । स्थानीय भलायटार युवा क्लबको ११ औं बार्षिकोत्सव तथा मेलाको अबसरमा भएको भलिबल खेलको फाइनलमा डेढगाउ नवलपुर र आयोजक भलायटार युवा क्लब भिडेका थिए ।

फाईनल खेलमा भलायटार युवा क्लवलाई ३/२ सेटले पछि पार्दै डेेेढगाउँले उपाधी जितेको हो । पहिलो, तेस्रो र पाँचौ सेट  २९/२७, २५/२० र १५/१२ अंक सहित डेेेढगाउले हात पार्‍यो । त्यस्तै भलायटारले दोस्रो र तेस्रो सेट २६/२४र २५/२० अंक ल्याएको थियो । आयोजक भलायटार युवा क्लब द्वितिय स्थानमा समेटिएको छ । त्यस्तै तेस्रो स्थानको छनौटको लागि भएको खेलमा चापाकोट नगरपालिका ६ मोहमीलाई रामपुर नगरपालिका ७ किसानबारीले सोझो सेटमा पराजित गरेको छ । किसानबारीले २५/१९ र २५/१७ अंक सहित सोझो सेटमा पछि पार्दै तृतिय स्थान हात पारेको खेल संयोजक विजय थापाले जानकारी दिनुभयो । प्रतियोगितामा पाल्पा, स्याङ्जा र तनहुँका ८ समुहको सहभागीता रहेको थियो ।

विजेता समुह मध्ये प्रथम, द्धितिय र तृतियले क्रमश नगद ६५ हजार, ४० हजार र २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बिजेताहरुलाई पुरस्कार बितरण गर्दै युवा परिवर्तनको सम्बाहक भएको बताउनुभयो । स्थानीय कला सस्कृती बचाउन र यसलाई आयमुलकमा रुपान्तरणको लागि आग्रह गर्नुभयो ।स्थानीय स्तरमा रहेका खेलप्रतिभाहरुको उजागर गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले युवा शक्ति समाज रुपान्तरणको संवाहक भएको बताउँदै समाज परिवर्तन संगै स्वरोजगार सृजना तथा व्यवसायिकतामा लाग्न आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले खेलले एक्यवद्धता बनाएको बताउनुभयो ।

क्लबका अध्यक्ष सुर्य दर्जीको अध्यक्षतामा भएको कार्यक्रममा कलाकारहरु पशुपती शर्मा, ज्योती लोहनी सहितले माहोल तताएका थिए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com