2

Logo २०८३ बैशाख १४ सोमबार
आज अन्तर्राष्ट्रिय योग दिवस, योग साधना गरि देशभर मनाइदै

आज अन्तर्राष्ट्रिय योग दिवस, योग साधना गरि देशभर मनाइदै


Sabalnews प्रकाशित मिति : मंगलबार, असार ७ २०७९
1.1K

काठमाडौं ।

आज जुन २१ तारिख आठौं अन्तराष्ट्रिय योग दिवस ।
“मानव जीवनका लागि योग” भन्ने आह्वानसहित देशभर जनचेतनामूलक कार्यक्रम र योग साधना गरि मनाइदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा “योग सबैका लागि सधैँका लागि” भन्ने अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभयो त्यही नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गर्नुभएको थियो । युरोपियन युनियन, संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए जुन राष्ट्र सङ्घले घोषणा गरेका दिवसमा समर्थन गर्ने कीर्तिमान योग दिवस हो ।

नेपालमा भने विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो।
माघ १ गतेलाई नेपालका अभियानकर्मीहरुले राष्ट्रिय योग दिवस घोषणा गर्न प्रस्ताव गरेकोमा  नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो।

हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com