नेपाल यातायात व्यवसायी महासंघ पाल्पाको संयोजकमा खाण
पाल्पा ।
नेपाल यातायात व्यबसायी महासंघ पाल्पाको दोस्रो अधिवेशनले शंकर बहादुर खाणको संयोजकत्वमा नयाँ नेतृत्व चयन गरेको छ ।
पाल्पाको तानसेनमा भएको महासंघको अधिबेशनले रामपुरबाट सञ्चालित रामसिता रामपुर यातायात प्रा. लि. का सन्चालक खाणको संयोजकत्वमा समिति चयन गरेको हो ।
समितिको सचिबमा भबेन्द्र गौतम, कोषाध्यक्षमा बिष्णु बहादुर ढुङ्गाना, सदस्यमा प्रकाश ज्ञवाली र सुधन बैधबार छनौट हुनुभएको छ ।
साथै, अधिबेशनले पोखरामा हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ केन्दिय अधिवेशनमा पाल्पाबाट प्रतिनिधितब गर्ने प्रतिनिधि चयन गरेको छ । जसमा पाल्पा संयोजक शंकर खांड, हरि राम बि. क., प्रकास ज्ञवाली रहनुभएको छ ।
केन्द्रिय अधिबेशनमा परिवेक्षकको रुपमा छम बहादुर दरै र शुनिल बंशी चुनिनुभएको छ ।