2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल पत्रकार महासंघ स्याङ्जाले पाल्पामा गर्‍यो अन्तरक्रिया

नेपाल पत्रकार महासंघ स्याङ्जाले पाल्पामा गर्‍यो अन्तरक्रिया


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख १३ २०८३
470

पाल्पा ।

सरकारी बिज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारले निर्णय गरेकोमा पत्रकारले प्रतिनिधि सभा सदस्य सन्दीप रानालाई ध्यानाकर्षण गराएका छन् ।

नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको एक टोली पाल्पाको भ्रमणका क्रममा भएको पत्रकारहरुको अन्तरक्रियामा पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रानालाई पत्रकारले सरकारको यो निर्णयले आम सञ्चारमाध्यम धरासायी भएको उल्लेख गर्दै निजि र सामुदायिक मिडिया जोगाउन संसदमा बिषय उठाउन आग्रह गरेका छन् ।

प्रतिनिधि सभा सदस्य रानालाई भेटघाटको क्रममा पाल्पा स्याङ्जा सहित देशभर रहेका निजि तथा सामुदायिक सञ्चारमाध्यमले समाज परिवर्तन र मार्गनिर्देशन गर्न खेलेको भुमिकालाई कुल्चेर रास्वपाको बहुमतमा सरकार बनेको केही दिनमा सञ्चार माध्यमलाई अन्कुश लगाउने काम भएकोमा सदनमा आवाज उठाउन आग्रह गरेका हुन् ।

छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य सन्दीप रानाले बहुमत पाएको सरकारले सँकुचित सोच भन्दा फरकिलो सोच बनाएर सबैलाई समेटेर देश विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सरकारी निजि र सामुदायिकको भुमिका उत्तिकै रहेको उल्लेख गर्दै सरकारले हरेक क्षेत्रको विकासमा समन्वयात्मक रुपमा लैजानुपर्ने उल्लेख गर्नुभयो ।

निर्वाचित भएपछि स्याङ्जाली पत्रकारको सस्था पत्रकार महासंघले सम्झेकोमा धन्यवाद व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य रानाले गण्डकीबेशीको विकासको लागि स्याङ्जा, पाल्पा, तनहुँ, नवलपरासी लगायतका जिल्ला एक भएर  लाग्नुपर्ने बताउनुभयो । उहाँले तल्लो समथर गण्डकी क्षेत्रलाई वैदिक स्मार्ट सिटी, माटो सुहाउँदो सस्कार सहितको शिक्षा आजको अपरिहार्य भएको उल्लेख गर्दै कृषि, पर्यटन नै अर्थतन्त्रको आधार भएकाले बाझो जग्गा नराख्ने, कृषि कर्ममा विभिन्न प्रेरणात्मक कार्यक्रम ल्याउने र पर्यटनको विस्तारमा गण्डक क्षेत्रको वारिपारीलाई जोड्नुपर्ने बताउनुभयो । जिमिवाको आलु खेती होस् अन्य नगदे र अन्न बाली होस् खान पुग्ने त उत्पादन गर्ने नै हो आम्दानी गर्ने गरि आफ्नै मौलिक उत्पादनलाई जोड दिएर पुनः बसाई फर्काउने अभियानमा अब लाग्नुपर्छ उहाँले भन्नुभयो ।

रानाले वैदिक स्मार्ट सिटीको परिकल्पना कालीगण्डकी बिना नहुने भन्दै कालीगण्डकी डाईभर्सनको बिरोधमा सदैव रहेको उल्लेख गर्नुभयो । कालीगण्डकी डाईभर्सन भएको खण्डमा पाल्पा ,स्याङ्जा तनहुँ नवलपरासी खण्ड खण्डहर हुने भन्दै यसले दैनिक, सामाजिक, धार्मिक, पर्यटन र आम वातावरणमा असर पर्ने भएकोले कालीगण्डकी डाईभर्सन हुन नहुने तर्क गर्नुभयो । अब कालीगण्डकी करिडोर विकासको मार्ग भएकोले यसबाट वारिपारीले फाइदा लिनुपर्ने उहाँको भनाई थियो ।

नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाको अध्यक्षतामा होटेल नमस्ते रामपुरमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष कोईरालाले पत्रकारिता बचाउदै स्याङ्जा पाल्पाले साझा मुद्दा लिएर यस क्षेत्रको विकासमा समन्वय गर्नुपर्ने बताउनुभयो ।

नेपालको पुर्व भेगको भ्रमणमा निस्केको पत्रकार महासंघ स्याङ्जाको टोलीले प्रतिनिधि सभा सदस्य सन्दीप राना र पाल्पाली पत्रकारको सस्था नेपाल पत्रकार महासंघ पाल्पालाई मायाको चिनो प्रदान गरेको थियो ।
पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेलले स्वागत गर्नुभएको छलफल सहितको अन्तरक्रियाको सञ्चालन महासंघ स्याङ्जाका उपाध्यक्ष माधब गैरेले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com