2

Logo २०८३ बैशाख १३ आइतबार
खाद्य स्वच्छता सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

खाद्य स्वच्छता सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया


Sabalnews प्रकाशित मिति : बुधबार, बैशाख ९ २०८३
834

पाल्पा ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको आयोजना र रामपुर उद्योग वाणिज्य संघको समन्वयमा खाद्य स्वच्छता सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामपुर क्षेत्रका २ दर्जन खाद्य उद्योगी, व्यापारी, व्यवसायीलाई व्यवसाय सञ्चालनको प्रयोजनलाई सञ्चालित प्रा.लि., संस्था दर्ता, नबीकरण, सिफारिस, आवश्यक कागजात र विभिन्न स्थानमा दर्ता नविकरण गर्दा आबश्यक समन्वय एंव करका बिषयमा जानकारी दिईएको हो ।

प्रमुख श्रेष्ठले जेनजी बिद्रोहपछिको सरकारले एक सय दिनको उपलब्धिमा पेपर लेस अभियान चलाईरहेको र अब अनलाईन माध्यमबाट राजश्व भुक्तानी गर्नुपर्ने व्यवस्था गरेकोले कार्यालयमा दर्ता भएका व्यापारी व्यवसायीलाई नविकरण, राजश्व भुक्तानी अनलाईन सिस्टमबारे जानकारी दिन तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा उल्लेख र संस्थागत रुपमा सहभागीलाई दर्ता, नबिकरण, निलम्बन, फुकुवा, अनुमति पत्र खारेज सहित संस्थागत र व्यक्तिगत रुपमा पुरा गर्नुपर्ने कागजपत्र र खाद्य व्यवसायीको दायित्व एंव खाद्यबस्तु भण्डारण तरिका, मिसावट तथा अखाद्य बिक्री गरेको खण्डमा दण्ड जरिवाना बारे सजग हुन भनिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख श्रेष्ठले स्थानीय तहले पनि खाद्य निरिक्षक राख्न सक्ने व्यवस्था गरिएको र नियमित अनुगमन, नमुना परिक्षण र कैफियत भएको खण्डमा कार्यालय मार्फत मुद्धा चलाउन सक्ने जानकारी दिनुभयो ।
अत्यावश्यक पानी, तेल, दुध, दही, मासु, तथा बच्चाले खाने जुसजन्य तरल पदार्थ जस्ता अत्याबश्यक बस्तु नमुना परिक्षण गरेर मात्र राख्न सकिने र खाद्य वस्तुमा अनिवार्य रूपमा लेबल राख्ने व्यवस्था लगायतका विषयमा सहभागीलाई जानकारी तथा सीप प्रदान गरिएको थियो ।

रामपुर उद्योग वाणिज्य संघको सभाहलमा भएको अभिमुखीकरणसहितको अन्तरक्रियामा सहभागी खाद्य व्यवसायीको जिज्ञासा मेटाउदै खाद्य स्वच्छताको महत्व, यसको सिद्धान्त, तथा सम्बन्धित कानुनी प्रावधानबारे विस्तृत जानकारी दिदै मानव जीवनसँग सिधै जोडिएको खाद्य सुरक्षाका बिषयमा ग्राहकसँगै व्यवसायी कार्यालय तथा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइएको छ ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले सिकेका ज्ञानलाई व्यवहारमा उतार्न व्यापारी व्यवसायीलाई आग्रह गर्दै आफु पनि ग्राहक हो भन्ने ध्येयले लाग्न र आधुनिक प्रविधिको अधिकतम प्रयोगमा जोड दिएर आफैले लिने सेवा सहज गराउन अनुरोध गर्नुभयो । उहाँले घरमै बसेर अनलाइनमार्फत राजस्व तिर्न नबिकरण गर्न सकिने व्यवस्था उपयोग गर्न एंव व्यवसाय स्वच्छ तथा व्यवस्थित बनाउनु आग्रह गर्नुभयो । पत्रकार बन्दना पोखरेलले सबै सजग संँगै जिम्मेबार बन्न आग्रह गर्नुभयो ।

रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव खिम बहादुर केसी (पुरुषोत्तम)ले गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com