2

Logo २०८३ बैशाख १३ आइतबार
बैंकिङ पहुँच नभएका वडामा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता

बैंकिङ पहुँच नभएका वडामा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख ८ २०८३
575

पाल्पा ।

रामपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । बैंकको पहुँचका हिसाबले भौगोलिक रुपमा टाढा रहेका वडाका लाभग्राहीहरुको सुविधाका लागि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

पालिकाले नगरभित्र रहेका विभिन्न बैंकहरुसंगको सहकार्यमा प्रत्येक त्रैमासिक रुपमा भत्ता वितरण गरिरहेको छ ।नगरपालिकाले वडा नं. १,२,९ र १० का नागरिकहरुको सुविधाका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्त वितरण गर्दै आएको छ । यसैविच रामपुर नगरपालिका वडा नं.९ मा भत्ता वितरण सहित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि राष्ट्रिय परिचयपत्र मार्फत बायोमेट्रिक भेरिफिकेशन शिविर सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा नं.९ ले नेपाल इनभेष्टमेन्ट मेगा बैंक लिमिटेड रामपुर शाखाको सहकार्यमा सामाजिक सुरक्षा वितरण गरेको हो । वडा नं.९ को वडा कार्यालयमा १ सय ८२ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बैंकले १९ लाख ५० हजार रुपैयाँ वितरण गरेको नेपाल इन्भेष्टमेन्ट बैंक रामपुर शाखाका प्रमुख बाबुराम कंडेलले जानकारी दिनुभयो । रामपुर नगरपालिका संग समन्वय गरेर बैंकले सेवा प्रदान गर्दै आएको उहाँको भनाई छ ।

नगरपालिकाले वडाबाटै भत्ता वितरण र बायोमेट्रिक भेरिफिकेशन सेवा प्रदान गरेपछि लाभग्राहीहरु खुशी भएका छन् । आफ्नो सामाजिक सुरक्षा भत्ता लिनकै लागि सवारी साधन मार्फत रामपुरको बेझाँड बजार पुग्नु पर्ने र आउजाउ गर्दा विगतमा १ हजार बढी रकम खर्च भएको र अहिले त्यो बाध्यता हट्दा खुशी लागेको रामपुर ९ का थान बहादुर पाटा मगरले बताउनुभयो ।

गाडीमा लामो समय सम्म यात्रा गर्दा बृद्धबृद्धाले सास्ती खेप्नु परे पनि अहिले वडा कार्यालयबाटै भत्ता बुझ्न पाउँदा सजिलो भएको उहाँले बताउनुभयो । यस्तै रामपुर ९ कै भिमिसरा नेपाली अहिले एक पैसा पनि खर्च नगरी आफ्नो सामाजिक सुरक्षा भत्ता पाउँदा खुुुुशी लागेको बताउनुभयो । अहिले घरकै खाना खाएर घर नजिकैबाट भत्ता बुझ्न पाउँदा गाडी भाडा र खाजा खर्च संगै समयको पनि बचत भएको उहाँले बताउनुभयो ।

वडाबासीहरुको सेवा सहजताका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा नं.९ का अध्यक्ष डिल बहादुर रानाले बताउनभयो । बैंक सम्म आउन जानका लागि बृद्धवृद्धा र असक्त नागरिकलाई समस्या हुन र उक्त समस्यालाई मध्येनजर गरेर वडाबाटै भत्ता वितरण गर्दै आएको रानाले बताउनुभयो । साथै सोही अवसरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि राष्ट्रिय परिचयपत्र मार्फत बायोमेट्रिक भेरिफिकेशन गरेको छ ।

वडा कार्यालयमा भएको शिविरमा १ सय ४१ जनाको बायोमेट्रिक भेरिफिकेशन गरेको रामपुर नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख प्रतिमा घिमिरेले जानकारी दिनुभयो । शिविरमा १ सय ८ जना जेष्ठ नागरिक , ४ जना दलित जेष्ठ नागरिक, २० जना जेष्ठ नागरिक एकल ,६ जना एकल महिला र ३ जना अति अशक्त नागरिकको बायोमेट्रिक भेरिफिकेशन गरिएको वडा सचिव चिन्तामणि भण्डारीले बताउनभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com