2

Logo २०८३ बैशाख १३ आइतबार
नेवा: देय् दबुको नगर भेला तथा शुभकामना आदानप्रदान सम्पन्न

नेवा: देय् दबुको नगर भेला तथा शुभकामना आदानप्रदान सम्पन्न


Sabalnews प्रकाशित मिति : सोमबार, बैशाख ७ २०८३
414

पाल्पा ।

नेवा:देय् दबु रामपुर नगर स्तरीय समितिको नगर भेला तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।

नेवा: देय दबुको गठनपछि नेवा समुदायको सक्रियतामा विभिन्न कार्यक्रम तथा सामाजिक कार्य गर्दै आएको समाजले नगर स्तरीय भेला सहित शुभकामनाको कार्यक्रम राखेको हो ।

नेवा:देय् दबु रामपुरको अध्यक्ष रुद्र नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तथा अर्थ, उद्योग समितिका सभापति राजु प्रसाद श्रेष्ठले सबै समुदायको उत्थानमा प्रदेश सरकार लागेको बताउनुभयो । उहाँले पुर्खाले सस्कृति जोगाएर यहाँ सम्म ल्याएको स्मरण गर्नुपर्ने उल्लेख गर्दै अब हामीले जोगाएनौ भने आउने पुस्ताले कसरी अबलम्बन गर्छ? त्यसैले हरेक समुदायको उत्थान अपरिहार्य भएको बताउनुभयो ।

नेवा: देय् दबुका केन्द्रिय उपाध्यक्ष बिजुला जोशीले रामपुरले नियमित कार्यक्रम गर्दै उत्कृष्ट भएको बताउनुभयो । नेवा: देय् दबु के हो र? कस्तो हो? भन्ने पहिचान रामपुरले दिएको जोशीले बताउनुभयो । नेवारी कला सस्कृति र आफ्नो पहिचानको लागि सबै एकीतृत हुन आग्रह गर्दै यहाँको भाषा, कला र सस्कृति जगर्नामा साथ दिने उल्लेख गर्नुभयो ।

नेवा: देय् दबुका केन्द्रिय सदस्य अरुणा श्रेष्ठले नेवा: देय् दबु गण्डकी प्रदेश अध्यक्ष मथुरा कृष्ण श्रेष्ठले भाषा रहेन भने सस्कार, सस्कार रहेन भने सस्कृती नरहने र सस्कृति नरहे नेवारको अस्तित्व नरहने भन्दै कला सस्कृति संगै अब हरेक कार्यमा सक्रिय र जिम्मेवारी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला नेवा: देय् दबुका वरिष्ठ उपाध्यक्ष सदस्य बिनोद श्रेष्ठ, क्याक्मी मानन्धर गुठीका अध्यक्ष राजकुमार मानन्धर, नेवा देय दबु सल्लाहकार बाबुराम श्रेष्ठ, वडा नम्बर ७ समिति अध्यक्ष अर्जुन श्रेष्ठले नेवारी भाषा र कला तथा सीप प्रशिक्षणको आबश्यकता औल्याउनुभएको थियो ।

नेवा; देय दबुका कोषाध्यक्ष ओम नारायण श्रेष्ठले
नेवा मात्र नभएर जनजाती पिछडिएको समुदायलाई समाजले काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले नया बर्ष, बिभिन्न जात्रा लगायत सस्कृति जोगाउन कार्यक्रम आएको उल्लेख गर्दै ८ नम्बर वडामा भाषा कक्षा सञ्चालन गरिएको र आउदो जेठ ३ गतेबाट सोही प्रशिक्षण रामपुर नगरपालिका-५ मा चलाउने बताउनुभयो । वडागत रुपमा समुहहरु संगै मिलेर काम गर्ने बताउदै श्रेष्ठले पुरोहित प्रशिक्षण, विभिन्न बाजाहरु सिक्ने वातावरण गराउन सबैमा आग्रह गर्नुभयो ।

सोही अबसरमा नेवा: देय् दबुका केन्द्रिय उपाध्यक्ष जोशीले पाल्पा रामपुरको यस नेवा: समाजले सबैभन्दा राम्रो काम गरेकोमा नगद ५ हजार सहित सम्मान गर्नुभयो ।

नेवा: देय् दबुका बरिष्ठ उपाध्यक्ष मोहन श्रेष्ठको स्वागत तथा सचिव लेख प्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको हो ।
यसैबिच कार्यक्रमको अबसरमा विभिन्न गीतमा साङ्गितिक प्रस्तुति देखाइएको र बनभोजको आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com