2

Logo २०८३ बैशाख १३ आइतबार
कुरिनटारमा असिनाले ७४ गाडीमा क्षति- प्रहरी

कुरिनटारमा असिनाले ७४ गाडीमा क्षति- प्रहरी


Sabalnews प्रकाशित मिति : सोमबार, बैशाख ७ २०८३
820

चितवन ।

पानीसँगै आएको असिनाले आइतबार चितवन कुरिनटार क्षेत्रमा ७४ गाडीमा क्षति पुगेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार असिनाले लागेर ५७ वटा कार, १५ वटा माइक्रो बस र एक एकवटा ट्रक र मोटरसाइकलमा असर परेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले हिजो आइतबार साँझपख चार बजेर ५५ मिनेटदेखि साढे पाँच बजेको बीचमा इच्छाकमना गाउँपलिकाको वडा नम्बर ३, ४ र ५ मा हावाहुरी, असिना पानी आएको बताउनुभयो ।

पृथ्वी राजमार्गमा गुड्दै गरेको गाडीमा असिना परेर क्षति पुगेको खनालको भनाइ छ । गाडीका सिसाहरू फुटेको तर यात्रु र चालकहरूलाई भने केही नभएको उहाँले बताउनुभयो ।

तस्बिर: चितवन प्रहरी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com