2

Logo २०८३ बैशाख १३ आइतबार
आज र भोलि २२ लाख बालबालिकालाई भिटामिन ए खुवाइदै

आज र भोलि २२ लाख बालबालिकालाई भिटामिन ए खुवाइदै


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख ६ २०८३
743

काठमाडौं । 

बैशाख ६ र ७ गते देशभरका बालबालिकालाई सरकारले भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।

यसै कार्यक्रम अन्तर्गत ललितपुरको पाटनस्थित मंगलबजारमा पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको उपस्थितिमा अभिभावकले आफ्ना बालबालिकालाई स्वास्थ्य केन्द्र तथा तोकिएका स्थानमा ल्याई औषधि खुवाएका छन् ।

बालबालिकामा कुपोषण न्यूनीकरण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा स्वास्थ्य सुधार गर्ने उद्देश्यले सरकारले हरेक वर्ष राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित उमेर समूहका सबै बालबालिकालाई अनिवार्य रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com