2

Logo २०८३ बैशाख १३ आइतबार
जिल्लाको शीतभण्डारमा नअटेपछि पाल्पाको आलु भैरहवामा

जिल्लाको शीतभण्डारमा नअटेपछि पाल्पाको आलु भैरहवामा


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २२ २०८२
302

पाल्पा ।

कृषकहरूले उत्पादन गरेको आलु गाउँकै शीतभण्डारमा भण्डारण गर्न नअटेपछि भैरहवा लगिएको छ ।

रामपुर नगरपालिकाले निर्माण गरेको शीतभण्डारमा राख्न क्षमता भन्दा धेरै भएपछि वैकल्पिक व्यवस्था गरिएको हो । नगरपालिकास्थित रामपुर शीत भण्डारको क्षमता ३०० मेट्रीकटन हो ।

करिब २५ हजार किलो आलु भण्डारणका लागि भैरहवास्थित सिद्धार्थ शीत भण्डार पठाइएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । पाल्पाको यस भेगमा शीतभण्डार सञ्चालनमा आएपछि किसानले आलु उत्पादन बढाएका छन्  आलु उत्पादन बढेपछि भण्डारण पनि बढ्ने र भण्डारणका लागि ल्याएका किसानको आलु नअटेपछि भैरहवा पठाएको उहाँले बताउनुभयो ।

जिल्लाकै सबैभन्दा ठूलो क्षमता (३०० मेट्रिक टन) भएको चिस्यान केन्द्रमा अपेक्षाभन्दा बढी आलु उत्पादन भई भण्डारणका लागि आएपछि तत्काल नगरपालिकाले निर्णय लिएर किसानको आलु सुरक्षित गरिएको नगरपालिकाले जनाएको छ। कृषकहरूको उत्पादन सुरक्षित राख्न र क्षति हुन नदिन नगरपालिकाले समन्वय गर्दै बाह्य शीत भण्डार समेत प्रयोग गरेको हो।

गत वर्ष पनि कृषकहरूको सहजताका लागि भैरहवाको शीत भण्डारमा आलु राख्ने व्यवस्था गरिएको थियो। नगरपालिका कृषि शाखाले चैत १९ बाट ५ दिनलाई शीतभण्डार खुला गरेकोमा पहिलो दिन थामिनसक्नुको भिड थियो । २ दिन लाएर आलु थन्काईएको र बाकी आलु भैरहवा पठाइएको कृषि शाखा प्रमुख नारायण गैरेले जानकारी दिनुभयो ।

रामपुर सहित पाल्पा छिमेकी स्याङ्जा र तनहुबाट पनि आलु राख्न ल्याइएपछि थप हम्मे हम्मे भएको हो । नगरपालिकाले नगरका किसानलाई प्राथमिकता दिएको थियो तर पनि छिमेकी किसानले समेत आलु सुरक्षित गर्न आफ्नो र आफन्तीको भन्दै ल्याउदा र मेहनत गरेर उत्पादन गरेका किसानको आलु जोगाउनु पर्छ भन्ने ध्येयले समेत नगरपालिकाले समन्वय गरेको हो ।

किसानहरुको बाक्लो भिडभाडले थामिनसक्नुको भिडमा केही प्राविधिक व्यवस्थापनमा समस्या देखिए पनि आगामी दिनमा सुझाब अनुसार यसलाई थप व्यवस्थित र प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com