मुढा बुन्न सिक्दै हेक्लाङका महिला
पाल्पा ।
पूर्वखोला गाउँपालिका ६ हेक्लाङ्गका महिलाहरु बासको मुढा बुन्न सिकेका छन् । बराहदेवी सामुदायिक सिकाई केन्द्रको आयोजनामा महिलाहरुलाई २ हप्ते मुढा बुन्ने सीप सिकाइएको हो ।
घरेलु साना तालिमले स्थानीय स्तरमै सीप विकास गरी महिलामा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको केन्द्रले जनाएको छ । तालिममा वडाका विभिन्न समुदायका महिलाहरूको सहभागिता छ । तालिम मार्फत सहभागीहरूले मुढा बुन्न व्यवहारिक ज्ञान, सीप हासिल गर्नेछन् ।
यस कार्यक्रमले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै रोजगारी सिर्जना गर्न समेत टेवा पुग्ने अपेक्षा गरिएको छ भने बजारको व्यबस्था समेत गर्ने भएकोले सिकेको सीप व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरिएको छ ।