2

Logo २०८३ बैशाख १३ आइतबार
जल्पा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

जल्पा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०८२
162

पाल्पा ।

जल्पा स्वास्थ्य चौकीको नवनिर्मित भवनको शुक्रवार समुद्घाटन कार्यक्रम भएको छ । पुर्वखोला २ जल्पाका वडाध्यक्ष तथा जल्पा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नीर बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले स्वास्थ्य सेवाको पहुँच बढ्दै गएकोले कोही कसैले पनि सेवा लिन हिचकिचाउन नहुने बताउनुभयो । उहाँले स्वास्थ्यलाई प्राथमिकता दिएर स्वस्थ्य रहन आग्रह गर्नुभयो ।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुक प्रसाद पोखरेल, पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले सेवा दिन र लिन सबै पक्ष अग्रसर हुनुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य कार्यालय पाल्पा, पूर्वखोला गाउँपालिका, वडा कार्यालय, सञ्चारकर्मी, सुरक्षाकर्मी, सञ्चालन तथा व्यवस्थापन समिति, जनप्रतिनिधि, राजनीतिक दल, विद्यालय, विभिन्न संघ–संस्था, स्वास्थ्य आमा समूह, जल्पाली पन्चे बाजा समूह, कलाकार तिलन बारघरे, शम्भु दोजाङ तथा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद सहित अझ सेवा चुस्त गराउन भवन महत्त्वपूर्ण हुने धारणा व्यक्त गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com