2

Logo २०८३ बैशाख १३ आइतबार
इन्स्योरेन्स मार्फत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इन्स्योरेन्स मार्फत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०८२
148

पाल्पा ।

एसिएन लाईफ इन्सोरेन्स पाल्पा शाखाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत तानसेन-१२ मा रहेको सार्वजनिक प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि शैक्षिक सामग्री वितरण गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि तानसेन नगरपालिका वडा न १२ का वडाअध्यक्ष मेजरसिं केसीले सवै संघसंस्थाहरुले यस्तै किसिमले आआफनो क्षेत्रबाट सामाजिक उत्तरदायित्व वहन गर्दै काम गर्ने हो समाज निकै राम्रो हुने धारणा राख्नुभयो ।

यसैगरी कार्यक्रममा एसिएन लाईफ इन्सोरेन्स पाल्पा शाखाका प्रमुख वसन्त भुषालले आफूहरुले वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तगर्त सानाभाईवहिनीहरुलाई केही सहयोग पुगोस् भनेर कार्यक्रम गरिएको बताउनुभयो । यसैगरी विद्यालयका प्रधानाध्यापक पोवीसरा थापा रानाले विद्यालयलाई संझिदिएकोमा एसिएन लाईफ इन्सोरेन्सलाई धन्यवाद दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष नेपालले एसिएन लाईफ इन्सोरेन्सले विद्यालयलाई सामाजिक उत्तरदायित्व अन्तगर्त संझिएकोमा धन्यवाद दिदै आउदा दिनहरुमा समेत यस्तो सहयोग पाउनेमा विद्यालय आशावादी रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा विद्यालयका विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष झमानसि दर्लामी, शिक्षक अभिभावक संघका अध्यक्ष विमला रुचाल, एसिएन लाईफ इन्सोरेन्स पाल्पा शाखाका अभिकर्ताहरु टिका गाहा, ज्ञान प्रसाद पाण्डे लगायतले आफना भनाईहरु राख्नु भएको थियो । कार्यक्रम शिक्षक श्रृषिराम भण्डारीकाे संचालनमा भएकाे हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com