2

Logo २०८३ बैशाख १३ आइतबार
नगर स्तरीय एकल महिला समन्वय समिति गठन

नगर स्तरीय एकल महिला समन्वय समिति गठन


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र १० २०८२
99

पाल्पा ।

नगरका एकल महिलाहरुको भेलाले पाल्पाको रामपुर नगरपालिकामा नगर स्तरीय एकल महिला समन्वय समिति गठन गरेको छ । एकल महिला दिदीबहिनीको भेलाले लक्ष्मीदेवी ढकालको अध्यक्षतामा १५ सदस्यीय एकल महिला समन्वय समिति रामपुर गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कविता मल्ल, सचिवमा विष्णुमाया थापा, सहसचिवमा तेजमाया खड्का, कोषाध्यक्षमा सुनिता राना रहनुभएको छ । भेलाले सदस्यहरुमा लक्ष्मी गैरे, संगिता पाठक,  कमला बंशी, कृष्णा कार्की, हेमा थापा, खिम कुमारी थापा, राधिका केसी र मुना घिमिरेलाई चयन गरेको छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नवगठित समितिलाई बधाई दिदै एकल महिलाहरुलाई समाजमा हेर्ने दृष्टिकोण सकारात्मक हुँदै गएको र थप सहज महशुस गराउन एकबद्द भई काम गर्न आवश्यक रहेकोमा समिति गठनलाई जोड दिएको बताउनुभयो । थापाले हरेक नागरिकको अधिकार सुनिश्चितता संगै समुन्नतिका लागि संरक्षकको भूमिका नगरपालिकाले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरपालिका भित्रका एकल महिलाहरुको सशक्तिकरण गर्न नगर स्तरीय समिति गठन गरिएको उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो । यसका लागि रामपुर नगरपालिकाले प्रत्यक बर्ष बजेटको समेत व्यवस्था गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com