2

Logo २०८३ बैशाख १३ आइतबार
नवनिर्वाचित सांसद सन्दीप राना योजना नियमित गराउन प्रदेश सरकारमा

नवनिर्वाचित सांसद सन्दीप राना योजना नियमित गराउन प्रदेश सरकारमा


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०८२
218

पाल्पा ।

पाल्पा क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सन्दीप राना विकास निर्माण योजनाको लागि लुम्बिनी प्रदेशका मन्त्रालयमा पुग्नु भएको छ ।

निर्वाचित भए संगै राना रामपुर नगरपालिकाका जनप्रतिनिधि एवं सरोकारवाला सहित बुधबारर बिहिबार लुम्बिनी प्रदेश सरकार अन्तर्गतका मन्त्रालय पुग्नु भएको हो ।

बजेटका कारण प्रभावित भएको लुम्बिनी प्रदेश सरकार मार्फत रामपुर नगरपालिकामा सञ्चालित २६ करोड ७१ लाख बजेटको ग्रामिण विकास तथा साना शहरी पूर्वाधार निर्माण योजनाको बजेट सुनिश्चित गरी छिटो सम्पन्न गराउन आग्रहका लागि दाङ पुग्नु भएको हो । यो योजना तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पालामा नेता सन्दीप रानाको पहलमा काम शुरु भएको थियो ।

शहरी पूर्वाधार निर्माण योजनाको काम रोकिएकाले जनताले सास्ती भोग्नु परेको भन्दै योजनाको काम अघि बढाएर पुर्णता दिन, रामपुर फाँट सिंचाई आयोजनाको लागि आवश्यक बजेटलाई निरन्तरता दिन अनुरोधका लागि नगर प्रमुख रमण बहादुर थापा, नेपाली कांग्रेसका क्षेत्रिय सभापति झमन राज मगर, उपप्रमुख बालकुमारी थापा, रामपुर -५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, कार्यपालिका सदस्य, रामपुर फाँट सिंचाई जलउपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मी सचिव मधु पाठक सहितका पदाधिकारी मन्त्रालय पुग्नु भएको हो । लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की संगै विभिन्न मन्त्रालयका सचिवहरु संग योजनाको विषयमा टोलीले छलफल गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com