2

Logo २०८३ बैशाख १३ आइतबार
तेलको भाउ बढ्यो, पेट्रोलमा १५ डिजेल र मट्टीतेलमा १० रुपैयाले वृद्धि

तेलको भाउ बढ्यो, पेट्रोलमा १५ डिजेल र मट्टीतेलमा १० रुपैयाले वृद्धि


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र २ २०८२
148

काठमाण्डाै ।

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो ।

अब तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य लिटरकाे १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य लिटरकाे १५२ रुपैयाँ पुगेको छ ।

दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य लिटरकाे १७१ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरकाे १५१ रुपैयाँ पुगेको छ । त्यस्तै पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य लिटरकाे १६९ रुपैयाँ ५० पैसा र डिजेल/मट्टीतेलको मूल्य लिटरकाे १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण भाउ बढाउनु परेको निगमले जनाएको छ । भारतले पेट्रोलमा ३१ रुपैयाँ, डिजेल र मट्टीतेलमा ५४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा २१६ रुपैयाँले बढाएर नयाँ भाउ पठाए पनि निकै कम दरले इन्धनको मूल्य बढाएको निगमले जनाएको छ ।

पश्चिम एशिया तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ आकाशिएको छ । त्यसकाे प्रभाव नेपालसम्म परेको हो । भारतबाट भाउ बढेर आए पनि निगमले भने उपभोक्तामा असर पर्ने भन्दै मूल्य स्थिरीकरण कोष र विगतको नाफाबाट बेहोर्ने गरी पेट्रोलियम पदार्थको भाउ भारी मात्राले नबढाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com