2

Logo २०८३ बैशाख १३ आइतबार
सांसदहरूको शपथ ग्रहण निर्माणाधिन संसद् भवनमा 

सांसदहरूको शपथ ग्रहण निर्माणाधिन संसद् भवनमा 


Sabalnews प्रकाशित मिति : मंगलबार, फाल्गुन २६ २०८२
127

काठमाडौं ।

प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतर्फ पुगेसँगै नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहण तथा संसद् अधिवेशनको तयारी सुरु भएको छ।

संवैधानिक व्यवस्था अनुसार निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान रहेको छ। तर आगामी संसद्का लागि बैठक तथा शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्ने स्थायी हल भने अझै पूर्ण रूपमा तयार भइसकेको छैन।

अधिवेशनअघि सांसदहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिनेछ। सो क्रममा सबैभन्दा जेष्ठ सदस्यले सबैभन्दा पहिले सम्माननीय राष्ट्रपतिबाट शपथ लिनेछन् र त्यसपछि उहाँले अन्य सांसदहरूलाई शपथ गराउने व्यवस्था रहेको छ।

हाल संसद् बैठक बस्ने स्थायी भवन उपलब्ध छैन। “जेनजी (Gen Z)” आन्दोलनका क्रममा संसद् भवनमा आगलागी भएपछि नियमित बैठक सञ्चालनका लागि वैकल्पिक स्थानको व्यवस्था गर्नुपर्ने अवस्था आएको हो। यसको विकल्पका रूपमा सिंहदरबार परिसरभित्र निर्माणाधीन नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय हल (Multipurpose Hall) लाई अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ। उक्त हलको निर्माण अन्तिम चरणमा पुगेको र केही हप्ताभित्रै सम्पन्न हुने अपेक्षा गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिनुभयो।

यसैबीच संघीय संसद् सचिवालयले नयाँ निर्वाचित सांसदहरूको क्षमता अभिवृद्धिका लागि दुई दिनको अभिमुखीकरण (Orientation) कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। प्रवक्ता गिरीका अनुसार कार्यक्रममा मुख्यतः कानुन निर्माण प्रक्रिया, संसद्मा प्रश्न कसरी उठाउने लगायतका व्यवहारिक विषयहरूमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com