2

Logo २०८३ बैशाख १३ आइतबार
३४ बर्षपछि फर्कियो पाल्पामा काङ्ग्रेस

३४ बर्षपछि फर्कियो पाल्पामा काङ्ग्रेस


Sabalnews प्रकाशित मिति : आइतबार, फाल्गुन २४ २०८२
148

पाल्पा ।

१ मा ३४ वर्षपछि कांग्रेसले जित हात पारेको छ । पाल्पा-१ मा कांग्रेस उम्मेदवार सन्दीप राना विजयी भएका छन् । उनी १८ हजार ३ सय ३६ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी  एमालेका नारायण आचार्यले १६ हजार ८ सय १९ मत पाए । त्यस्तै तेस्रो स्थानमा रहेका रास्वपाका विमल पन्तले १४ हजार ३ सय ३३ मत ल्याए ।

पाल्पा-१ मा ०४६ को जनआन्दोलनपछि भएको ०४८ को चुनावमा कांग्रेसका कालुराम राना विजयी भएका थिए । त्यसयताका चुनाव एमाले उम्मेदवार जित्दै आएका थिए । २०५१ को मध्यावधि चुनावमा एमालेका दलबहादुर रानाले चुनाव जितेका थिए ।

२०५६ मा भने उनी मालेबाट उम्मेदवार बने चुनाव जिते एमालेका भद्रबहादुर थापाले । संविधानसभा चुनाव-२०६४ मा एमालेबाटै दलबहादुर रानाले जिते । २०७० को संविधानसभामा राधाकृष्ण कँडेल, २०७४ मा फेरि दलबहादुर राना र २०७९ मा नारायण आचार्यले चुनाव जितेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com