३४ बर्षपछि फर्कियो पाल्पामा काङ्ग्रेस
पाल्पा ।
१ मा ३४ वर्षपछि कांग्रेसले जित हात पारेको छ । पाल्पा-१ मा कांग्रेस उम्मेदवार सन्दीप राना विजयी भएका छन् । उनी १८ हजार ३ सय ३६ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी एमालेका नारायण आचार्यले १६ हजार ८ सय १९ मत पाए । त्यस्तै तेस्रो स्थानमा रहेका रास्वपाका विमल पन्तले १४ हजार ३ सय ३३ मत ल्याए ।
पाल्पा-१ मा ०४६ को जनआन्दोलनपछि भएको ०४८ को चुनावमा कांग्रेसका कालुराम राना विजयी भएका थिए । त्यसयताका चुनाव एमाले उम्मेदवार जित्दै आएका थिए । २०५१ को मध्यावधि चुनावमा एमालेका दलबहादुर रानाले चुनाव जितेका थिए ।
२०५६ मा भने उनी मालेबाट उम्मेदवार बने चुनाव जिते एमालेका भद्रबहादुर थापाले । संविधानसभा चुनाव-२०६४ मा एमालेबाटै दलबहादुर रानाले जिते । २०७० को संविधानसभामा राधाकृष्ण कँडेल, २०७४ मा फेरि दलबहादुर राना र २०७९ मा नारायण आचार्यले चुनाव जितेका थिए ।