2

Logo २०८३ बैशाख १३ आइतबार
सपना देखाउन होइन साकार बनाउन आएको हु-उमेदवार सन्दीप राना

सपना देखाउन होइन साकार बनाउन आएको हु-उमेदवार सन्दीप राना


Sabalnews प्रकाशित मिति : सोमबार, फाल्गुन १८ २०८२
232

पाल्पा ।

नेपाली काङ्ग्रेस पाल्पा क्षेत्र नम्बर १ का उमेदवार सन्दीप रानाले विकासले पछि परेको पाल्पा १ लाई सपना देखाउन होइन सपना साकार गर्न आएको बताउनुभएको छ ।

नेताहरु भोट माग्न आउने जितेपछी नफर्किने  र विकास नल्याउने आम मतदाताको गुनासोको बिचमा उमेदवार रानाले आफुले पूरा गर्ने योजना र कार्यक्रम मात्र ल्याएको उहाँले बताउनुभयो । पाल्पाको विकास र क्षेत्र नम्बर १ ले नमुना कार्यक्रम संकल्प पत्रमा ल्याएको बताउदै युवा उमेदवार रानाले पाल्पाको वैदिक पर्यटन, सास्कृतिक पर्यटन र गौरव पर्यटनबाट नागरिकको जीवन उकास्न योजना ल्याएको स्पष्ट पार्नुभयो ।

उहाँले नागरिक संसद संवाद केन्द्र प्रत्यक पालिकामा स्थापना गरि संसद नागरिकको निकट रहेर दैनिक गुनासो सुन्ने र समाधान गर्ने गरि अगाडि बढ्ने बताउनुभयो । उहाँले छात्रालाई एमबीबीएस पढ्न सहयोग गने देखि हरेक स्वास्थ्य सस्थामा एच ए दरबन्दीको नितिगत व्यबस्था गर्ने योजना रहेको स्पष्ट पार्नुभयो ।

आइतबार रामपुर बजारमा रानाले गर्न लाग्नुभएको बजारको घरदैलो तथा सम्बोधन कार्यक्रम एमाले उमेदवार नारायण प्रसाद आचार्यको बुवाको निधनमा स्थगित गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com