2

Logo २०८३ बैशाख १३ आइतबार
काङ्ग्रेस उमेदवार रानाले सके चुनाबी प्रचार सभा

काङ्ग्रेस उमेदवार रानाले सके चुनाबी प्रचार सभा


Sabalnews प्रकाशित मिति : सोमबार, फाल्गुन १८ २०८२
148

पाल्पा ।

पाल्पाको पर्यटकीय स्थल सत्यवतीबाट नेपाली काङ्ग्रेसले शुरु गरेको पाल्पा क्षेत्र नम्बर १ को चुनाबी सभा सोमबार रामपुरमा कोणसभा गर्दै सम्पन्न गरेको छ ।

पाल्पाको क्षेत्र नम्बर १ मा ३७ वडा रहेको छ । सबै वडा र गाउँमा घरदैलो गरि नागरिकको समस्या बुझेको र सोही टिपोर्टका आधारमा केन्द्रको  भिजन 10 सहित आफुले आफ्नो भेगलाई समेटेर गर्न सकिने १२ बुदे संकल्प लिएको बताउनुभयो । सबै वडा र बस्तीमा पुग्ने प्रयास गरेको छु । कोणसभा बोल्दै रानाले भन्नुभयो- अब निर्वाचनको अबधिसम्ममा सबै मतदाताले मतदान केन्द्र पुगेर सुरक्षित मत खसाउनुपर्छ यसो भए मात्र लोकतन्त्र मजबुद हुन्छ, यसैले सबैले मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।

उमेदवार रानाले सोमबार रामपुर ७, ६ र ५ का किसानबारी, बिक्राम्दी, बिजयपुर, प्याक्लुक, डल्लेचौतारी, राङभाङ, सुन्दरटोल, दध्रान, ठुलोटार बेझाड चोक सहित दर्जनौ ठाउँमा कार्यक्रम तथा भेटघाट गर्नुभएको थियो । बजार क्षेत्रमा भएको भेटघाटमा नागरिकले जनतालाई सहज हुने गरि नीति बनाउनुपर्ने बताएका थिए । काङ्ग्रेस उमेदवार रानाले काङ्ग्रेस बदलिएर आएको र अब देश बदल्नका लागि पाल्पा १ ले संसदमा पुर्‍याउन रुख चिन्हमा मतदान गर्नुपर्ने बताउनुभयो ।

पाल्पा १ धेरै पछाडी परेको छ, जत्ति विकास हुनुपर्ने हो त्यो देखिएन अब विकास गर्ने गरि आबश्यक र गर्नसक्ने भिजन राखेको छु । छात्रालाई एमबीबीएस पढ्न, स्वास्थ्यमा सुधार गर्दै सबै स्वास्थ्य चौकीमा एचए दरबन्दी, रामपुर अस्पताललाई सेन्टरको रुपमा विकास, जलन सेन्टरको रुपमा विकास गर्ने, सराई र रामपुरमा खेलमैदान, गौरव पर्यटन, धार्मिक तथा सास्कृतिक पर्यटन र ग्रन्थ र पुराणमा उल्लेखित स्थलहरु समाबेश गरि वैदिक पर्यटनको विकास गर्ने योजना छ ।
सुशासन, युवा, स्वरोजगार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, मातृशक्ति, भौतिक विकास, प्राकृतिक स्रोतसाधन, घरेलु उद्योग आदर्श गाउँ योजना र “मेरो संसद मेरो अधिकार” जस्ता कार्यक्रम रानाको प्राथमिकता छ । पाल्पा १ मा ९८ हजार ३८३ मतदाता छन् । यस क्षेत्रमा ११७ वटा मतदान केन्द्र रहेको छ । यहाँ १३ जना उमेदवार प्रतिनिधि सभामा उमेदवार छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com