2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाको चुनाबी अबलोकनमा मेचीदेखि महाकालीसम्मका व्यक्तित्व

पाल्पाको चुनाबी अबलोकनमा मेचीदेखि महाकालीसम्मका व्यक्तित्व


Sabalnews प्रकाशित मिति : शनिबार, फाल्गुन १६ २०८२
169

पाल्पा ।

आउदो फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन हुदैछ । २ निर्वाचन क्षेत्र रहेको पाल्पामा चुनाबी गरगर्मी ह्वात्तै बढेको छ । पाल्पा १ मा नेपाली काग्रेंसले चुनाबी प्रचारप्रसार गतिविधिलाई तिब्र बनाएको छ ।

यहाँ अनुशासित, इमान्दार, धार्मिक तथा अनुभवी र गाउँदेखि देश विदेश बुझेका युवा नेता सन्दीप राना चुनाब लड्दैछन् । अन्तराष्ट्रिय वि.पि.चिन्तन प्रतिष्ठानको अध्यक्ष रहेका रानाको बिभिन्न तहका व्यक्तिसँगको पहुँच राम्रो छ ।
नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि, लुम्बिनी प्रदेश सदस्य रहेका रानाको राजनितिक पहुँच आफ्नै पार्टी भित्र त छ नै तथापि अन्य ठुला दलका प्रमुखहरुसँग पनि उत्तिकै सम्बन्ध छ ।

स्कुले बिद्यार्थी जिवनदेखि हरेक क्षेत्रमा जिज्ञासु उनी १०२ राष्ट्रको विद्यार्थी संगठनको सचिव भएर आधादशक समय काम गरे । त्यसैले पनि नेपालका बिज्ञ र विदेशी बिज्ञसँग उनको राम्रो सम्बन्ध छ ।

निर्वाचनका बेला यतिबेला नेपालका बिभिन्न स्थानको बिज्ञ टोली सहित काङ्ग्रेस नेताहरु उनै रानाको चुनाबी गतिबिधि नियाल्न बिजयको शुभकामना दिन आउनुभएको छ । स्थानीय आफ्नै क्षेत्रबासी मन छ, मत छ, शुभेच्छुक साथीहरुको हौसला र शुभकामना छ । देशभरमा नै निर्वाचन भएका बेला चुनाबी गतिबिधि बुझन हौसला दिन मेरो क्षेत्रमा आउनुभएको छ, काग्रेंस उपसभापति पुष्षा भुसाल सँगै रहनुभएका रानाले भन्नुभयो–देशले परिवर्तन खोजेको छ, पाल्पा १ बासीले पनि परिवर्तन चाहनुभएको छ,सबैको साथले चुनाब जित्नेछु उहाँले भन्नुभयो ।

उमेद्वार रानाको चुनाबी क्षेत्रमा शुक्रबार लुम्बिनी प्रदेश सभाका सदस्य निमा गिरी, मिना जि.सी., सहित पुर्व झापा, काठमाडौं देखि पश्चिम दाङ, प्युठान, कालिकोट सहित छिमेकी जिल्लाहरुबाट चुनाबी प्रचार अबलोकनका लागि आउनुभएको हो ।

निर्वाचन नजिकिदै जादा देशभर चुनाबी गतिविधि बढेको छ । आउदो सोमबारबाट निर्वाचन प्रचारप्रसार अवधि सकिएर मौन अबधि शुरु हुनेछ भने आउदो बिहीबार निर्वाचन हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com