पाल्पामा काङ्ग्रेसका नयाँ अनुहारका उमेद्वारप्रति बढ्दो आकर्षण, निर्वाचन थप रोचक बन्दै
पाल्पा ।
पाल्पामा नेपाली काग्रेंसका नयाँ अनुहारका उमेद्वारप्रति मतदाताको आकषर्ण बढ्दै जादा निर्वाचन प्रचारप्रसार थप रोचक बन्दै गएको छ ।
नेपाली काग्रेंसले यसपटक पाल्पाका दुबै निर्वाचन क्षेत्रमा नयाँ अनुहार उमेद्वारका रुपमा उठाएपछि नयाँ अनुहारमा मतदाता आकर्षित भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा पाल्पामा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । विशेष गरी युवाहरूको सक्रियता उल्लेख्य रूपमा बढेको छ ।
नेपाली काग्रेंसले दुवै निर्वाचन क्षेत्रमा नयाँ अनुहारको साथमा युवा उमेद्वार उठाएको छ । जेनजी समुहको पनि प्रतिनिधित्व हुने गरि युवा उमेद्वार उठाएको हो । नेपाली काँग्रेसको रूपान्तरण अभियानसँगै पाल्पाको क्षेत्र नम्बर १ मा ३८ बर्षका सन्दिप राना र क्षेत्र नम्बर २ मा ४५ बर्षका हिमालदत्त श्रेष्ठको उमेद्वारीले कार्यकर्ता तथा समर्थकमा नयाँ ऊर्जा थपेको छ ।
पाल्पामा ठुला दल नेपाली काग्रेंस र नेकपा एमाले बिच नै मुख्य प्रतिस्पर्धा हुदै आएको छ । एमालेले दुबै क्षेत्रमा उही पुराना उमेद्वार उठाएको छ । देशले परिवर्तन खोजिरहेको र युवा चाहिरहेको बेला नेकपा एमालेले पुरानैलाई दोहोर्याएको हो । पाल्पा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट निर्वतमान सांसद ५६ बर्षका नारायण प्रसाद आचार्य उमेद्वार हुनुहुन्छ । उहाँ क्षेत्र नम्बर १ को ख बाट त्यस अघि प्रदेश सभामा निर्वाचित सांसद भएकोले पुरानै अनुहार पटक–पटक दोहोर्याएको आरोप छ ।
२०७९ सालको निर्वाचनमा उमेद्वार नै नपाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ३९ बर्षका बिमल पन्तलाई उमेद्वार बनाएको छ । पन्त लामो समयदेखि काठमाडौबासी भएकोले आफ्नै ठाउँमा पनि खासै चिनजानमा छैनन् । नेपाली कप्युनिष्ट पार्टीले ५४ बर्षिय हुम बहादुर सुनारीलाई अगाडी सारेको छ ।
पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेले निवर्तमान सांसद ५७ बर्षिय ठाुकर प्रसाद गैरेलाई उठाएको छ । क्षेत्र नम्बर २ मा पुर्व सांसद तथा पुर्वमन्त्री समेत हुनुभएका नेपाली कम्युनिष्ट पार्टीका ७० बर्षिय सोम प्रसाद पाण्डे अर्का मुख्य प्रतिस्पर्धी हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका माधव बहादुर थापा ४५ बर्षका हुनुुहुन्छ । यहाँ काङ्ग्रेस र रास्वपाका उमेदवार नयाँ अनुहारका हुन् । पाल्पा १ नम्बर क्षेत्र र २ नम्बर क्षेत्रमा अन्य दल र स्वतन्त्र गरि पाल्पाबाट २९ जना प्रतिनिधि सभामा उमेदवार हुनुहुन्छ ।
पाल्पा क्षेत्र नम्बर १ मा नेकपा एमाले र नेपाली काग्रेंस बिच मुख्य प्रतिस्पर्धा रहेकोमा पहिलो पटक यहाँ रास्वपा मैदानमा छ । क्षेत्र नम्बर २ मा नेपाली काग्रेंस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बिचको त्रिपक्षिय प्रतिस्पर्धामा रास्वपा पनि चुनाबी मैदानमा छ ।
पाल्पामा मुख्य प्रतिस्पर्धी बिच नयाँ अनुहार र युवा उमेद्वारमा मतदाता आकर्षित हुदै जादा आगामी निर्वाचन थप रोचक बन्ने संकेत देखिएको छ । घरदैलो, भेटघाट र विभिन्न कार्यक्रम मार्फत दुवै क्षेत्रका उम्मेदवारको प्रचारप्रसार तिब्र बन्दै गएको छ ।
सामान्य मगर परिवारमा जन्मिएका क्षेत्र नं.१ का काग्रेंस उमेद्वार रानालाई पाल्पावासीले भावी मन्त्रीको रूपमा समेत हेर्न थालेका छन् । राजनितिशास्त्र र कानुनमा स्नातक गरेका राना १०२ राष्ट्रका बिद्यार्थी संगठन विश्व बिद्यार्थी युवा संघको सचिव भएर विश्वमा शिक्षा र विकास बुझेका, जेनजी पुस्ता र राजनिति नेतृत्वबिच पुल, राजनितिकर्मीसँगको पहुँच, अन्तराष्ट्रिय क्षेत्रको अनुभव र विकासप्रतिको स्पष्ट दृष्टिकोणले मतदाताको भरोसा बढ्दै गएको देखिन्छ ।
त्यसैगरी, क्षेत्र नं. २ का युवा उम्मेदवार हिमालदत्त श्रेष्ठ युवा पुस्तामाझ लोकप्रिय बन्दै गएका छन् । श्रेष्ठले अघि सारेका विकासका योजना, सपना र संकल्पले मतदाताको ध्यान तानेको छ । विशेष गरी पर्यटन, शिक्षा, रोजगार, पूर्वाधारमा सुधार निर्माण र सुधारको विषयले युवाहरूलाई आकर्षित गरेको देखिन्छ । निर्वाचनको दिन नजिकिदै जादा यी युवा दुई उमेद्वारले चुनाबी प्रचारलाई गाउँदेखि बजारसम्म पु¥याएका छन् । लोकप्रिय बन्दै गएका राना र श्रेष्ठलाई जिल्लाकोे भावी नेतृत्वकर्ताको रुपमा हेरिएको छ ।