2

Logo २०८३ बैशाख १३ आइतबार
पूर्वखोला कांग्रेसमय, प्रजातन्त्र दिवस मनायो साथमा चुनावी सभा

पूर्वखोला कांग्रेसमय, प्रजातन्त्र दिवस मनायो साथमा चुनावी सभा


Sabalnews प्रकाशित मिति : शुक्रबार, फाल्गुन ८ २०८२
176

पाल्पा । 

नेपाली कांग्रेसले पाल्पाको पूर्वखोलामा प्रजातन्त्र दिवस तथा चुनाबी सभा सम्पन्न गरेको छ । पूर्वखोला-३ मा बिहीबार कार्यक्रम गरी प्रजातन्त्र दिवस विशेष कार्यक्रम सहित चुनावी सभा गरेको हो ।

दिवस संगै आगामी फागुन २१ मा हुन गैरहेको प्रतिनिधि सभा निर्वाचनको अवसरमा दिवस विशेष कार्यक्रम संगै चुनावी सभा गरेको हो । नेपाली कांग्रेस पुर्वखोला गाउँपालिका सभापति बिष्णुकुमारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रम नेपाली कांग्रेसका निवर्तमान सभापति, पुर्व मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य विर बहादुर रानाले रुपान्तरित कांग्रेस जनता माझ नयाँ उर्जा, नयाँ शैली र विकासको योजना सहित जाने बताउनुभयो । “धेरै ठाउँबाट साथीहरु जुरमुराएर आउनुभएको छ, हामीले स्वागत गर्छौ अब विकास तपाई हामी मिलेर गरौं ।” उहाँले भन्नुभयो, “इतिहासको कालखण्डमा कांग्रेसले हरेक परिवर्तन गरेको बुझ्नुभएको छ र फेरि परिवर्तन भएर आएको कांग्रेसले देशको विकास गर्छ । भन्नेमा बुझेर अहिले परिवर्तनको पक्षमा लागेका छन् । हामीले सबैको विश्वासलाई आत्मसाथ गरेर अगाडि बढेका छौ ।

जन्मको हिसाबले नेपाली कांग्रेस पुरानो भएपछि विचारको हिसावले जनताको माग अनुसार परिवर्तन भएको बताउनुभयो । “नयाँ सोच, विचार र नेतृत्व सहित कांग्रेस अघि बढेको छ । नीति र नेतृत्वको हिसाबले कांग्रेस रुपान्तरण भएर आएको छ ।” यहाँले भन्नुभयो। गगन थापालाई प्रधानमन्त्री बनाउन पाल्पा १ मा सन्दिप राना र २ मा हिमालदत्त श्रेष्ठले जिताउनु आवश्यक रहेको बताउनुभयो । जेनजी आन्दोला पश्चात बदलिएर आएको कांग्रेसलाई अन्य दलहरु संग कांग्रेसलाई तुलना गर्न नमिल्ने धारणा राख्नुभयो ।
सभामा बोल्दै नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का सदस्यका उमेदवार सन्दिप रानाले प्रजातन्त्र ल्याउनका लागि जीवन आहुती गर्नुहुने शहिददेखि लखन थापा, २०४६ सालका पहिलो सहिद सुर्य घिमिरे देखि पछिल्लो जेनजी आन्दोलनमा ज्यान गुमाउने सहिद र नेपाली कांग्रेसलाई यहाँसम्म ल्याई पुर्‍याउनु भएका स्वर्गीय नेपाली काङ्ग्रेसका सेनानीहरुलाई स्मरण गर्दै पुर्वी पाल्पा र समग्र क्षेत्र नम्बर १ को विकासको लागि आफुले संकल्प लिएर उमेदवारको रुपमा गाउँ नगर पसेको बताउनुभयो ।

नेपाली काङ्ग्रेस पूरा गर्ने १० भिजन लिएर निर्वाचनमा होलिएको बताउदै उहाँले अन्य निर्वाचन भन्दा यो निर्वाचन विशेष रहेको बताउनुभयो । “अहिले २०८४ मा आउने चुनाब जेनजीको आन्दोलन क्रान्ति र मागको कारण र जनता र युवाको चाहाना अनुरुप देशमा भ्रष्टाचार मुक्त, सुशासन ल्याउन र समृद्धिका लागि चुनाव हुन लागेको छ ।” उहाँले भन्नुभयो । जेनजीको आन्दोलनपछि भईरहेको ऎतिहासिक निर्वाचनले देशका बेथितीलाई निर्मुल पार्नुपर्ने रानाले बताउनुभयो । अर्को नेपाली कांग्रेस बदलिएर आएको र युवालाई नेतृत्व दिदै युवालाई अगाडि सारेकोले पनि विशेष भएको बताउनुभयो । क्षेत्र नम्बर १ का ३७ वटै वडा र सबै पाल्पालीको परिवर्तनको लहरले नेपाली कांग्रेसलाई जिताएर संसदमा लैजाने भएकोले यो निर्वाचन विशेष छ रानाले भन्नुभयो ।

उमेदवार रानाले मुलुकको विकासको बाधक भ्रष्टाचार नै भएकोले नीतिगत र कार्यगत भ्रष्टाचार अन्त्य गरी पारदर्शी प्रशासन र संयन्त्र निर्माण गर्न संसदमा प्रखर रहने, आफ्नै ठाउमा रोजगार र स्वरोजगार ल्याउने निति ल्याउने र स्वदेश र बिदेशमा अनुभव र सीप सिकेकालाई आफ्नै गाउँमा काम गर्ने वातावरण र सिकेका सीप कार्यान्वयन गर्न सक्ने गरि काम गर्ने बताउनुभयो । कृषि, पर्यटन र उद्यम विकास गरेर पाल्पाको परिवर्तन हुने बताउदै पर्यटकीय स्थल, गौरव पर्यटन, सांस्कृतिक पर्यटनको रुपमा बिकास गर्ने योजना सुनाउनुभयो ।
जबसम्म भौतिक बिकास हुँदैन तबसम्म अन्य अन्यमा प्रगति नहुने भन्दै आर्यभञ्ज्याङ् -हुमिन- ताहुँ- बिरकोट- जब्गादी- बेलडाँडा सडक स्तरउन्नति, झडेवा गोठादी रहबास मटेरी ताकातुङ बहादुरपुर जल्पा अर्चले मित्याल झिरुबास बाकामलाङ हुँदै भोताहा सडक स्तरोन्नती, कालीगण्डकी करिडोरलाई विकासको बाणिज्य करिडोरको रुपमा विकास गर्न, आर्यभञ्ज्याङ- रानीबास, दक्षिणी भेगबाट नवलपरासीका दुम्किबास, खैरेनी, सुनवल निस्कने मोटरबाटो स्तरउन्नति, सिचाइको लागि विभिन्न नहर, उज्यालो पाल्पालाई विद्धुतको केन्द्रिय प्रशारण सबै टोल र घरमा लैजाने गरि खाका बनाएको उहाँले बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, खेलकुदको स्तर वृद्धि गर्ने देखि हरेक क्षेत्रमा विकासको लागि काम गर्ने बिश्वास सहित उहाँले संकल्प पत्रमा समेटेको बताउनुभयो । “आदर्श गाउँ, वैदिक स्मार्ट सिटी, भोकल फर लोकल, गौरव पैदल मार्ग” जस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँको भनाई थियो । कांग्रेसका लुम्बिनी प्रदेश सदस्य एवं समानुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारीले प्रजातन्त्र देखि संघिय गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । कांग्रेस पुरानो पार्टी नभै गगन नेतृत्वमा नविन नेतृत्व, सोच सहित अघि बढेको बताउनुभयो । जेनजीको भावनालाई समेट्दै कांग्रेस अघि बढेको बउहाँले बताउनुभयो ।

नेपाली कांग्रेस पाल्पाका कार्यबाहक सभापति झपेन्द्र गहिरेले कांग्रेसमा आएको लहरलाई कसैले छेक्न नसक्ने बताउनुभयो । “जुन परिस्थितिमा हाम्रा पुर्खाले परिवर्तनको खाका अनुरुप होमिनुभयो अब हामी क्षेत्र नम्बर १ को विकासका लागि होमिएका छौं ।” उहाँले भन्नुभयो । कांग्रेसले युवा उमेदवार गर्न सक्ने आटिलो उमेदवार उतारेको बताउदै गहिरेले अबको भर र विश्वासको लागि सन्दीप राना बाहेक अरुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति ज्ञान बहादुर गाहाले कुनै पनि हालतमा नेपाली कांग्रेस अहिले विजयी हुने र विकास पनि गरेर देखाउने बताउनुभयो । उहाँले सबै काङ्ग्रेसजन र अन्य पार्टीका साथीहरुलाई पनि गर्न सक्ने असल व्यक्तिलाई रोज्न आग्रह गर्नुभयो ।नेपाली कांग्रेसका क्षेत्रीय सभापति झमनराज मगरले पछाडी परेको यो क्षेत्रलाई कांग्रेसले जितेर विकास गर्ने भएकोले अब कांग्रेसलाई मत दिन आग्रह गर्नुभयो ।

नेपाली काङ्ग्रेसका प्रदेश सम्मेलन सदस्य अनिरुद्र खनालले कांग्रेस सच्चिएर युवाको आकर्षणको रुपमा आएको र अब काङ्ग्रेसले सबैलाई समेटेर लैजानुपर्ने बताउनुभयो । कार्यक्रमको अवसरमा लोकदोहोरी गायिका सम्झना लामिछाने, लोक दोहोरी गायक दिपु दर्लामी मगरले आफ्नो प्रस्तुति राख्नु भएको थियो ।

नेपाल प्रथम राष्ट्रिय अभियानका संयोजक विष्णु पंगेनीले उम्मेदवार राना संग भएको समझदारी पत्र प्रस्तुत गर्दै हस्तान्तरण गर्नु भएको थियो । नेपाली काङ्ग्रेस पुर्वखोला गाउँपालिका सभापति बिष्णुकुमारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रम उपसभापति मेघराज न्यौपानेको स्वागत र गोपाल रानाको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com