2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीमा जेनजीको प्रतिनिधित्व हुने भन्दै युवाहरु कांग्रेसमा प्रवेश

निस्दीमा जेनजीको प्रतिनिधित्व हुने भन्दै युवाहरु कांग्रेसमा प्रवेश


Sabalnews प्रकाशित मिति : शुक्रबार, फाल्गुन ८ २०८२
197

पाल्पा ।

प्रतिनिसभा निर्वाचन क्षेत्र नं. १ पाल्पा अन्तर्गत निस्दीमा कांग्रेस प्रवेशको लहर छाएको छ । नेपाली कांग्रेसका उम्मेदवार सन्दिप राना जेनजीकै भएकाे भन्दै स्थानीय युवाहरू कांग्रेस प्रवेश गरेका हुन् । निस्दी-१ बाकामलाङ्ग पुग्नु भएका कांग्रेस उमेदवार सन्दिप रानालाई स्थानीयले युवा उमेर नै आफुहरु र भबिश्यको आशा भएको बताउदै क्षेत्र नं. १ को मात्र नभै सिङ्गो पाल्पालीको आशाको दियो सन्दीप राना भएको बताएका थिए ।

निर्वाचन प्रचारप्रसार कार्यालय कांग्रेस क्षेत्र नं. १ ले निस्दी सहित विभिन्न टोलीले विभिन्न स्थानमा निरन्तर चुनाबी अभियान चलाएको जनाएको छ ।

मतदाता समक्ष आफ्नो धारणा राख्नु हुँदै नेपाली काङ्ग्रेसका प्रत्यक्ष उमेदवार सन्दीप रानाले पूर्वाधार विकास संगै युवाहरुलाई स्वरोजगार सृजना गरी देश मै बस्ने वातावरण निर्माण गर्ने बताउनुभयो । उहाँले जनता समक्ष राखेको बाचा पूरा गर्नमा सक्रिय रहने बताउँदै १६५ संसदिय क्षेत्र मध्ये पाल्पा क्षेत्र नं. १ लाई नमुना संसदीय क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । रानाले पाल्पालीको शीर कहिल्यै झुक्न नदिने प्रतिवद्धता जनाउनुभयो ।

जेनजीको आन्दोलन पछि हुन लागेक‍ो चुनाव, बदलिएको कांग्रेसले लड्दै गरेको चुनाव र ३३ वर्ष पछि पाल्पाको नेतृत्व परिवर्तनका लागि हुन लागेको निर्वाचन भएकाले यो निर्वाचन ऐतिहासिक निर्वाचन भएक‍ो उहाँले बताउनुभयो ।

पाल्पामा परिवर्तनको लहर छाएको छ, कृषि, पर्यटन र उद्यम विकास गरेर पाल्पाको परिवर्तन हुने बताउँदै पर्यटकीय स्थल, गौरव पर्यटन, सांस्कृतिक पर्यटनको रुपमा पाल्पालाई विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । जबसम्म भौतिक विकास हुँदैन तबसम्म अन्य विकास तिब्र नहुने भन्दै आर्यभञ्ज्याङ् -हुमिन- ताहुँ- बिरकोट- जब्गादी- बेलडाँडा सडक स्तरउन्नति, झडेवा गोठादी रहबास मटेरी ताकातुङ बहादुरपुर जल्पा अर्चले मित्याल झिरुबास बाकामलाङ हुँदै भोताहा सडक स्तरोन्नती, कालीगण्डकी करिडोरलाई विकासको बाणिज्य करिडोरको रुपमा विकास गर्न, आर्यभञ्ज्याङ- रानीबास, दक्षिणी भेगबाट नवलपरासीका दुम्किबास, सुनवल, खैरेनी निस्कने मोटरबाटो स्तरउन्नति, सिचाइको लागि विभिन्न नहर, उज्यालो पाल्पालाई विद्धुतको केन्द्रिय प्रशारण सबै टोल र घरमा लैजाने गरि खाका बनाएको उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य, खेलकुदको स्तर वृद्धि गर्ने देखि हरेक क्षेत्रमा विकासको लागि काम गर्ने बिश्वास सहित उहाँले संकल्प पत्रमा समेटेको बताउनुभयो ।

नेपाली कांग्रेसका समनुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारीले देशैभर कांग्रेसको लहर आएको बताउँदै देशलाई जिताउन कांग्रेसलाई जिताउनु पर्ने बताउनुभयो । बदलियको कांग्रेसले देशलाई बदल्ने बताउनुभयो । देशै भरको उत्साहले कांग्रेसको जित सुनिश्चित बनाएको धारणा राख्दै कांगेस सबैलाई समेट्ने बताउनुभयो । कांग्रेस पाल्पाका उपसभापति ज्ञान बहादुर रानाले व्यवस्था परिवर्तन देखि देशलाई निकास दिन कांग्रेसले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
प्रचारप्रसारको क्रममा वडा नं. १ को पूर्वमलाङ्गमा प्रचार प्रसार कार्यालय स्थापना गरिएको छ । सोही अवसरमा १० जना भन्दा बढी जेनजी युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूले गाउँमा बिजुली, पानी बाटाे समेत समस्या भाेग्दै आएकाे र आगामी दिनमा यस्ता समस्या समाधानका लागि युवालाई रोजेको भन्दै कांग्रेस प्रवेश गरेकाे बताए ।

युवाहरुलाई नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार सन्दिप राना, समानुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारी, कांग्रेस पाल्पाका उपसभापति ज्ञान बहादुर राना, क्षेत्रिय सचिव कपिल बहादुर खाँण, महाधवेशन प्रतिनिधि शालिकराम पाण्डे, निस्दी गाउँपालिका सभापति पूर्ण बहादुर खाँण लगाएतले स्वागत गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com