बिकट भुगोल, राज्यले उपेक्षा गरेका माथागढीका बस्तीमा सन्दीप
पाल्पा ।
नेपाली काङ्ग्रेसका उमेद्वार सन्दीप राना माथागढीको गाउँ-गाउँ पुग्नुभएको छ । आगामी फागुन २१ गते हुने चुनाव प्रचार-प्रसारको क्रममा उहाँ माथागढीको दुर्गम बस्तीमा पुनुभएको हो।

भौगोलिक रूपले विकट, राज्य व्यवस्थाको पहुँच भन्दा टाढा रहेको माथागढीका नागरिकको आवाज सुन्न माथागढीका बस्ती बस्तीमा आफू पुगेको उमेदवार रानाले बताउनुभयो । यहाँका सामु पुगेर उनीहरूको समस्या सुनेर अनुभव गरेर समाधान खोज्नु पनि मेरो कर्तव्य हो, रानाले भन्नुभयो- पहिले पनि यताका धेरै बस्तीमा आएको थिए केहीलाई भेट्थे जान्थे तर अहिले जिम्मेवारी लिएर आएको छु यहाँका नागरिकलाई! सुगमको अबस्थामा पुर्याउन जिम्मेवारीका साथ लाग्छु उहाँले भन्नुभयो ।
पाल्पा र पश्चिम नवलपरासीको सिमाना माथागढी वडा न. ६ को चारघरे, कुम्भी, सिमले, महालपोखरी, अर्गले र टोकल्दी गाऊँमा पुगेका उमेदवार रानाले जनताको दैनिकी कठिन छ, भौतिक सुविधा र राज्य सुविधा सबैबाट बन्चित रहेको बताउनुभयो । राज्य भएको भान यहाँ गर्न सकिने अबस्था छैन उहाँले थप्नुभयो- आधारभुत आबश्यकताको लागि नागरिक मरिमेट्नुपर्नेछ ।

अझ पनि यहाँका जनप्रतिनिधिले यस तर्फ चासो दिएको पाइएन- तर यहाँको अबस्थालाई माथी उठाउनुपर्छ रानाले भन्नुभयो । यहाँको बालबालिका ३/ साढे ३ घण्टा उकालो जंगलको बाटो हिडेर जंगली जनावरको डर र त्रासमा विद्यालय जान बाध्य छन् ।
मतदाताको मताधिकार प्रयोग गर्न एक दिन पहिला नै हिडेर मतदान स्थल पुग्नुपर्छ । कि घर १ जना करकुरुवा छोडेर भोट हाल्न जानुपर्छ यस्तो अबस्थाको अन्त्यको लागि आफ्नो उम्मेद्बारी रहेको बताउनुभयो ।

सहज स्वास्थ्य केन्द्र नभएको कारणले वडाले चलाउने घुम्ती शिविरमा स्वास्थ्य उपचारमा निर्भर हुन बाध्य यस भेगका नागरिकलाई औषधि उपचारको राम्रो व्यबस्था हुनुपर्ने उहाँले बताउनुभयो ।
युवा उमेदवार सन्दीप रानाले अबको परिवर्तनका लागि आफू जनताको सामु आएको बताउनुभयो । गाउँमा धेरै समस्या छ तर समाधानको लागि अग्रसर हुने पार्टी र नेतृत्वलाई चुनाबमा मत दिनुपर्ने बताउनुभयो ।