2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा १ मा बिरासत भत्काउन र जोगाउन चुनावी जोडतोड

पाल्पा १ मा बिरासत भत्काउन र जोगाउन चुनावी जोडतोड


Sabalnews प्रकाशित मिति : शुक्रबार, माघ २४ २०८२
344

पाल्पा ।

पाल्पा १ को फागुन २१ मा हुने निर्वाचन विगतभन्दा फरक ढंगले चर्चामा छ । विगतमा यो नेकपा एमालेको किल्ला मानिन्थ्यो । २०१५ सालको निर्वाचन यता २०७९ सम्म आउदा देशमा ८ निर्वाचन सम्पन्न भए । बहुदलीय व्यवस्था शुरु भएसँगै २०४८ सालमा भएको निर्वाचनमा देशभर नेपाली काग्रेंसले बहुमत निकालेको थियो पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कागेंसका कालुराम रानाले बिजय हासिल गरेका थिए ।

त्यसयता २०५१ सालदेखि नेकपा एमालेले जित्दै आएको यस क्षेत्रमा एमाले बलियो संगठन भएकाले आफुले चुनाब जित्ने बताउदै आएको छ । स्थानीयका अनुसार यसपटक अलि फरक ढंगको चुनावी माहोल छ । यहाँ सबै दलका उमेदवार एक्लाएक्लै प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा यहाँ पहिलो पटक प्रत्यक्ष तर्फ चुनाबमा सहभागिता जनाउदैछ । गत २०७९ को निर्वाचनमा प्रत्यक्षमा सहभागी नभएको रास्वपाले समानुपातिकमा ४ हजार बढी मत ल्याएको थियो । बजार क्षेत्रमा रास्वपाको बर्चस्वको तुलनामा गाउँघरमा कम छ । तर रास्वपाको उपस्थितिले परिणाम कता जाला भन्ने चर्चा पनि उत्तिकै छ ।

पुराना दल नेपाली काग्रेंस र एमाले आफ्नो विरासत दोहोर्‍याउने तयारीमा छन् । भने नयाँ दल बलबुताले भ्याएसम्म आफ्नो पक्षमा नतिजा ल्याउने ध्याउन्नमा छ । पाल्पा १ मा प्रमुख प्रतिस्पर्धा रहने दलबाट नयाँ अनुहार भने नेपाली काग्रेंस, नेपाली कम्युनिष्ट पार्टी र राष्टिय स्वतन्त्र पार्टीबाट उमेदवार भएका छन् । नेकपा एमालेका उमेद्वार विगतकै दोहोरिएका हुन् ।

केन्द्रबाटै सच्चिदै र परिवर्तनको संवाहक बनेर आएको नेपाली कागेंसले ३८ बर्षे युवा उमेद्वार सन्दिप रानालाई यसपटक चुनाबी मैदानमा उभ्याएको छ । तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)का तर्फबाट उमेद्वार ५४ बर्षिय हुम बहादुर सुनारी लामो समय गाउँ बाहिर रहेर अहिले गाउँ फर्किएर चुनाबी मैदानमा हुनुहुन्छ । रास्वपाका ३९ बर्षिय विमल पन्त राजधानीमा समाजसेवामा रहेर गाउँ फर्किनुभएको हो । अन्य दलबाट केही नयाँ अनुहार उमेद्वार छन् भने केही पुरानै अनुहारका हुन् ।

उमेदवारहरू आ–आफ्नो रणनीति बनाउँदै चुनावी अभियानमा सक्रिय भइसकेका छन् । यहाँ कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । रास्वपा उमेदवारलाई धेरैले मुख्य प्रतिस्पर्धी ठानेका छैनन् ।

पाल्पा १ मा झण्डै ६५ प्रतिशत मतदाता मगर समुदायको हुनाले र काङ्ग्रेस उमेद्वार मगर समुदायका युवा समेत हुनुले पनि यहाँको मत काग्रेंसलाई आउने अड्कल छ भने एमालेले आफ्नो गढ मानेको क्षेत्र अरुले भत्काउन नसक्ने जिकिर गर्दै आएको छ ।

ग्रामीण भेगमा माहोल
नेकपा एमालेले लगातार प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यमा गरेर ३ पटक एउटै उमेद्वार उठाएकोमा असन्तुष्टि बढ्दो छ । ३१ बर्षयता देखि राज गरेको एमालेले जनअपेक्षा अनुरुप काम गर्न नसकेको गुनासो व्याप्त छ । निस्दी गाउँपालिका र पुर्वखोला गाउँपालिकामा एकल रुपमा स्थानीत तह जितेको यी पालिकामा अहिलेसम्म पालिका जोड्ने मुख्य मोटरबाटो समेत बनेको छैन । पालिका सहित प्रदेश र केन्द्र समेत जितेको क्षेत्रमा एमालेले मोटरबाटो समेत नबनाएको गुनासो छ ।
खानेपानी, बिद्युत्त, रोजगारी पाएका छैनन् । मत माग्न आएका सांसद जितेपछि सुख दुःखमा गाउँ नआएको गुनासो मतदाताको छ । विकासका नाममा ‘सिन्को नभाँचिएको’ टीकाटिप्पणी भएपछि राजनितिक रुपमा सक्रिय नरहने बताएका पुर्व सांसद तथा पुर्व मन्त्री समेत भएका दल बहादुर रानालाई लिएर एमाले गाउँ पसेको छ । ‘‘मेरो पहलमा धेरै काम भएका छन् । विगतमा ग्रामीण भेगको विकासमा मैले धेरै काम गरेको छु ।’’ भन्दै राना लिएर एमाले मत माग्न गाउँ फर्केको छ ।

कांग्रेसको स्थिति के छ ?
कांग्रेस विगतमा गुमाएको विरासत फर्काउन लागिपरेको छ । विशेष महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन भएपछि सच्चिएर आएको काग्रेंसले यहाँ युवा उमेद्वार उठाएकोले यसपटक आफ्नो विजय सुनिश्चित भएको बताएका छन् ।
विगतमा काङ्रेसको क्रियाशिलता अन्तिममा मात्र हुन्थ्यो, अहिले काङ्ग्रेस उमेद्वार रहेका सन्दिप राना सहित पार्टीका नेताहरुको सक्रियता गाउँघरमा छ । युवा नेता सन्दिप भने कांग्रेस एक ढिक्का भएर अघि बढेकाले समस्या नहुने बताउछन् । अहिले सबैले परिवर्तन चाहेको र युवा सहित अहिलेको समाजले युवा खोजेको र काम गर्न सक्ने रोजेकोले अब निर्वाचन काग्रेंसले मात्र नभई क्षेत्र नम्बर १ ले जित्ने उनी बताउछन् ।

एमालेमा फ्याक्टर
पाल्पाको यो क्षेत्रमा एमालेको उपस्थिति र पकड सांगठनिक हिसाबले दह्रो छ । यसपटक एमालेले नारायण प्रसाद आचार्यलाई उमेदवार बनाएको छ । उनी ०७४ सालमा प्रदेश सभा सदस्य निर्वाचित भए । गत निर्वाचनमा प्रतिनिधि सभामा जितेका हुन् । पकड क्षेत्रमा धेरैको नाम सिफारिस हुनु तर अरुले मौका नपाउनुले एमालेभित्र असन्तुष्टि छ ।
‘‘प्रदेशमा छँदा पनि राम्रा काम गरे । प्रतिनिधिसभामा गई क्षेत्रको लागि विशेष काम गर्ने समयमा भदौ २३ र २४ को आन्दोलनले रोक्यो अब त्यो काम पुरा गर्न आएको हो म योजनासाथ आएको छु,’’ आचार्यले भने ।

यस निर्वाचनबाट उदाएको रास्वपाले काग्रेंस र एमाले दुबै पार्टीको मत पाउनेछ । रास्वपाका उमेद्धार बिमल पन्तले पाल्पाको विकटका नागरिक अझ पनि आधारभुत आबश्यकता पाउनबाट बञ्चित छन् अब हामी काम गर्छाै, त्यसरी नै त्रिपक्षिय प्रतिस्पर्धा हुन्छ उनले भने ।

मतदाता संख्या र विगतको परिणाम

पाल्पा १ मा यसपटक ९८ हजार ३८३ मतदाता छन् । धेरै आदिवासी मत छ । रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पुर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाको सबै वडा, माथागढी गाउँपालिकाको वडा नम्बर २,३,४,५,६,७ र ८, तानसेन नगरपालिकाको वडा नम्बर ८ र तिनाउ गाउँपालिकाको वडा नम्बर ५ गरि ३७ वटा वडा यो क्षेत्रमा पर्छ । महिला मतदाताको संख्या ५० हजार २६५ र पुरुष ४८ हजार ११८ मतदाता छन् । निर्वाचन आयोगले मतदानका निम्ति यो क्षेत्रमा ५२ मतदानस्थल र ११७ मतदान केन्द्र तोकेको छ ।

०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नारायण प्रसाद आचार्यले ३१ हजार १०३ मतसहित निर्वाचित भएका थिए । आचार्यका प्रतिस्पर्धी नेपाली काग्रंसका ज्ञान बहादुर गाहाले २० हजार २५६ मत ल्याएका थिए । स्वतन्त्र उमेद्वार विपिन कडेंलले २ हजार ८६३ मत पाए । मंगोल नेशनल अर्जनाइजेशनले १ हजार ९१६ मत, राप्रपाले २५२ मत, राष्ट्रिय जनमुक्ति पार्टीलले ११५ मत, जसपाले ८५ मत ल्याएको थियो भने १४०७ मत बदर भएको थियो ।

गत २०७९ को निर्वाचनमा ९६ हजार ३३ मतदाता थिए । जसमध्ये ५८ हजार ४ सय ९१ मत खसेको थियो । गत निर्वाचनको तुलनामा यस बर्ष ६ हजार ११० जना मतदाता थपिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com