नेपाली काङ्ग्रेस पाल्पा १ निर्वाचन मनोनयन तयारी भेला सम्पन्न
पाल्पा ।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ को प्रतिनिधि सभा निर्वाचनको मनोनयनका बिषयमा नेपाली काङ्ग्रेसले बृहत छलफल गरेको छ ।
रामपुर ५ कान्जीहाउसमा क्षेत्रीय समितिले राखेको छलफल तथा तयारी कार्यक्रममा क्षेत्र अन्तर्गत ३७ वटा वडाका प्रतिनिधि तथा पालिका सभापती लगायत जिल्ला तहले एकबद्द भएर आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका युवा उमेदवार सन्दिप रानालाई जिताउन आआफ्नो तर्फबाट लाग्ने र मनोनयन दर्तामा सबै सहभागी हुने निर्णय गरेको क्षेत्रीय सभापति झमनराज राजमगरले बताउनुभयो ।
निर्वाचनका लागि मंगलबार हुने मनोनयनमा सबै वडाबाट र्याली ल्याउने र यसको संयोजनको लागि रामपुर नगर कार्यसमिति सभापति नेत्र प्रसाद भट्टराईको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा ५ का वडा सभापति दुर्गा प्रसाद पोखरेल, ७ का सभापति दुर्गा प्रसाद भट्टराई, ३ का सभापति प्रकाश ज्ञवाली, नगर उपसभापति देव बहादुर खाण, महिला संघ नगर उपसभापति साबित्रा गैरे, तरुण दल सभापति शंकर खाण लगायत हुनुहुन्छ ।
क्षेत्रीय सभापति झमनराज राजमगरको अध्यक्षतामा बसेको भेला तथा छलफलमा पालिका सभापतीले आ-आफ्नो धारणा राख्दै क्षेत्रमा अबको नेतृत्व काङ्ग्रेसको बनाउन आफ्नो ठाउबाट लाग्ने बताउनुभयो । निस्दीका लाल बहादुर सोती, रम्भाका सभापति ऋषिराम अर्याल, पुर्वखोलाका सभापति बिष्णु कुमारी आचार्य, रामपुरका सभापति नेत्र प्रसाद भट्टराई महिला नेत्री तथा लुम्बिनी प्रदेश सदस्य बिष्णुमाया ढकाल, महाधिबेशन प्रतिनिधि देवत्म्राज ढकाल, हजुलदिन मिया सहितले युवा उमेदवार जिताउन एक भएर लाग्ने धारणा राख्नुभयो । कार्यक्रममा २ दर्जन बढीले धारणा राख्नुभएको थियो ।
प्रदेश सभापति राम बहादुर रानाको स्वागत तथा क्षेत्रीय सचिव कपिल बहादुर खाणको सञ्चालनमा कार्यक्रम भएको हो ।