2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाका २ वटा निर्वाचन क्षेत्रमा ३० जनाको उम्मेद्बारी

पाल्पाका २ वटा निर्वाचन क्षेत्रमा ३० जनाको उम्मेद्बारी


Sabalnews प्रकाशित मिति : मंगलबार, माघ ७ २०८२
190

पाल्पा ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पाका २ निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर १ को रामपुरमा रहेको निर्वाचन कार्यालयमा विभिन्न राजनितिक दल र स्वतन्त्र गरि उमेद्वारले मनोनयन गरेका हुन् ।

पाल्पा क्षेत्र नम्बर १ मा ९ राजनितिक दल र ४ स्वतन्त्र गरि १३ जनाको उमेद्वारी परेको छ भने पाल्पा क्षेत्र नम्बर २ मा १४ राजनितिक दल र ३ स्वतन्त्र गरि १७ जनाको उमेद्वारी दर्ता भएको मुख्य निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

क्षेत्र नम्बर १ मा नेपाली काग्रेंसबाट सन्दिप राना, नेकपा एमालेबाट नारायण आचार्य, नेपाली कम्युनिस्ट पार्टीबाट हुम बहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिमल पन्त, राप्रपाबाट बृहस्पति अर्याल, राष्ट्रिय जनमोर्चा पार्टीबाट नरमति सिंजाली, मंगोल नेशनल अर्गनाइजेशनबाट सलन चिदी, नेशनल रिपब्लिक पार्टीबाट थमन सिं रेस्मी मगर र नेकपा माओबादीबाट पुरन शर्मा गैह्रे शर्माले उम्मेदवारी (मनोनयन) दर्ता गराएका हुन् ।

त्यस्तै, स्वतन्त्रबाट माथागढी रुप्सेका डिल्लीराज काफ्ले, रम्भा ३ का कोशल अर्याल, पुर्वखोला १ का युद्ध बहादुर बिर्कटा र रामपुर ४ का बाछा दली मियाँले उमेद्वारी दर्ता गराउनुभएको प्रतिनिधि सभा निर्वाचन कार्यालय रामपुरका निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिनुभयो । मङ्गलबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता भएको हो । दल दर्ता गर्न राजनितिक दल नेता कार्यकर्ता सहित पंचेबाजा सहित निर्वाचन कार्यालय पुगेका थिए ।

पाल्पा क्षेत्र नम्बर १ मा ९८ हजार ३ सय ८३ मतदाता रहेका छन् । जिल्लामा २ लाख ७ हजार ४ सय ३६ मतदाता रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा ११८ मतदान स्थल र २५१ मतदान केन्द्र कायम गरिएको छ । मतदाता संख्या बढेसँगै पाल्पामा ५ वटा मतदान केन्द्र थपिएको हो । यसअघि पाल्पामा २४६ मतदान केन्द्र भएकोमा जिल्लाको रामपुर वडा नं. ९, निस्दीको वडा नं. १, माथागढीको वडा नं. १, तिनाउको वडा नं. ६ र बगनासकालीको वडा नं. २ मा एक/एक वटा गरी पाँच वटा मतदान केन्द्र थप भएर आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com