2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा करेन्ट लागेर कार्यालय सहयाेगीकाे मृत्यु

पाल्पामा करेन्ट लागेर कार्यालय सहयाेगीकाे मृत्यु


Sabalnews प्रकाशित मिति : आइतबार, माघ ५ २०८२
211

पाल्पा ।

पाल्पा जिल्लाकाे निस्दीमा करेन्ट लागेर गाउँपालिका कार्यालय सहयाेगीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा निस्दी-४ का ३५ वर्षीय लालबहादुर खन्गाहा रहेकाे प्रहरीले जनाएकाे छ ।

आइतबार दिउँसो २ बजेतिर वायु उर्जाकाे काम गर्ने क्रममा करेन्ट लागेर निस्दी गाउँपालिकाकाे कार्यालय सहयाेगी पदमा कार्यरत कर्मचारी खन्गाहाकाे मृत्यु भएकाे हो । वायु उर्जाकाे विद्युतमा समस्या देखिएपछि पाेलमा चढ्ने क्रममा उहाँलाई करेन्ट लागेकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

करेन्ट लागेर गम्भीर घाइते खन्गाहाकाे मध्यविन्दु अस्पताल नवलपुरमा उपचारकाे क्रममा बेलुकी ५ बजेतिर मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । वायु उर्जाबाट उत्पादन हुने साैर्यउर्जा मित्याल वडा नं ४ काे कार्यालयमा खपत हुँदै आएकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com