2

Logo २०८३ बैशाख १३ आइतबार
निर्वाचन प्रहरी- पाल्पामा ताेकिएकाे भन्दा कम आवेदन

निर्वाचन प्रहरी- पाल्पामा ताेकिएकाे भन्दा कम आवेदन


Sabalnews प्रकाशित मिति : आइतबार, माघ ५ २०८२
260

पाल्पा ।

निर्वाचन प्रहरीमा भर्ना हुन चाहने युवाकाे संख्या पाल्पामा कम देखिएकाे छ । जिल्ला प्रहरी कार्यालय पाल्पा र पाल्पास्थित शसस्त्र प्रहरी बलकाे कार्यालयले संयुक्त रूपमा निर्वाचन प्रहरीका लागि आवेदन माग गरेपनि ताेकिएकाे संख्याभन्दा कमले भर्नाकाे निवेदन दिएका हुन् ।

पाल्पाका लागि १ हजार ५ सय ९७ जना निर्वाचन प्रहरीकाे माग गरिएकाे थियाे । त्यसमध्ये १ हजार १ सय ९४ जनाकाे निवेदन परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक हाेमप्रकाश चाैधरीले जानकारी दिनुभयाे । पाल्पाका लागि ४०३ जना निवेदक अपुग रहेकाे उहाँकाे भनाइ छ ।

यसअघिकाे निर्वाचनमा ताेकिएकाे संख्याभन्दा तीन गुणा बढीकाे म्यादी प्रहरीका लागि आवेदन पर्ने गरेकाे थियाे । तर पछिल्लाे समय युवा जनशक्ति वैदेशिक राेजगारीमा रहेका कारण निर्वाचन प्रहरीका लागि यस पटक आवेदन कम परेकाे हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ ।

पाल्पा सहितका केही जिल्ला म्याद थप गरेर आवेदन माग गरेपनि मागिएको संख्या भन्दा अपुगको आबेदन परेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com