2

Logo २०८३ बैशाख १३ आइतबार
थोत्रीबारीमा बन्यो मञ्च, मञ्चमा नाचे प्रतिभा

थोत्रीबारीमा बन्यो मञ्च, मञ्चमा नाचे प्रतिभा


ध्रुब भण्डारी प्रकाशित मिति : बिहिबार, माघ २ २०८२
225

पाल्पा ।

चेतनशिल हाकाहाकी युवा क्लब रामपुर-१०, पाल्पाले संस्था को २६ औ बार्षिकोत्सव तथा माघे सक्रान्तीकाे अवसरमा खुला नृत्य प्रतियोगिता तथा थाेत्रीबारी मञ्चको उदघाटन गरेकाे छ। थोत्रीबारीमा सामुदायिक तथा सार्वजनिक मञ्चको अभाव खड्किएपछी नगरपालिकाले मञ्च निर्माणमा सहयोग गरेको हो । मञ्च उद्घाटनको अबसरमा त्यही मञ्चमा सक्रान्ति विशेष नृत्य प्रतियोगिता समेत भएको छ ।

संस्थाका अध्यक्ष सन्दिप मश्राङ्गीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मञ्च उद्घाटन गर्दै स्वाबलम्बी भई उत्पादनमा लागेमा नगरपालिकाले रामपुरबासी उत्पादकलाई ३० लाख सम्मकाे व्याज अनुदान दिइदै आएको बताउनुभयाे। उहाँले समृद्ध नगर बनाउन सबै कर्म र उद्यममा लाग्नुपर्ने बताउनुभयो ।

यसैगरी, रामपुर १० थाेत्रीवारीमा सञ्चालन भएको नृत्य प्रतियोगितामा प्रथम कबिता आलेको समूह, दित्तिय प्रियङ्का बस्याल, तृतीय दिपिका कुमाल, सान्तोना आरुसी अधिकारी भएका छन्। कार्यक्रममा विजयी प्रतियाेगीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

सोही मञ्च समुद्घाटनको अबसरमा मन्च निर्माणमा याेगदान गर्नुहुने निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद ओस्ती र मरणाेपरान्त स्वर्गिय प्रकाशमणी तिमिल्सिनालाई सम्मान गरिएकाे थियाे।

कार्यक्रममा रामपुर न पा वडा नं. १० का वडा अध्यक्ष ताेयानाथ सारु ,जनकल्याण मा वि का सहायक प्रधानाध्यापक दामोदर तिमिल्सिना, संस्थाका पुर्व अध्यक्ष प्रदिप तिमिल्सिना , भानुभक्त मा वि का शिक्षक पर्शुराम पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे।

संस्थाका पुर्व सचिव ध्रुव भण्डारीकाे स्वागतबाट शुरु भएकाे कार्यक्रमको सञ्चालन सचिव सम्झना मश्राङ्गीले गर्नुभएकाे हाे।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com