2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल र भारतमा लोकप्रिय गायक प्रशान्त तामाङको निधन

नेपाल र भारतमा लोकप्रिय गायक प्रशान्त तामाङको निधन


Sabalnews प्रकाशित मिति : आइतबार, पौस २७ २०८२
225

काठमाडौं ।

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उहाँका निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा तामाङको निधन भएको हो । आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको घतानीले बताउनुभयो । तामाङको हृदयघातका कारण मृत्यु भएको हो ।

इन्डियन आइडल बिजेता तामाङ नेपालमा चर्चित भए । उहाँले गाएको थुप्रै नेपाली गीत चर्चित छन् । ४३ वर्षीय तामाङले नेपाली फिल्ममा अभिनय र गायन गर्नुभएको छ । नारायण रायमाझीद्दारा निर्देशित फिल्म ‘गोर्खापल्टन २’ बाट तामाङले नेपाली फिल्मको अभिनयमा डेब्यू गरेका थिए ।

त्यसयता तामाङले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी को भाग १ र २ मा अभिनय गरेका छन् । दिल, अनमोल छन् र हिम्मत २ मा पाश्र्वगायन गरेका छन् । उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मको छायांकन सकिएको छ र तामाङ डबिङको तयारीमा थिए ।

भारतको दार्जिलिङमा जन्मिएका प्रशान्तले सन् २०११ मा एयर होस्टेस गीता थापासँग विवाह गरेका हुन् । उनीहरूको एक छोरी छन् । उनले केही समय कोलकाता प्रहरीको कन्सटेबलको जागिर समेत गरेका थिए । सन् २००७ मा प्रशान्तको डेब्यू एल्बम ‘धन्यवाद’ रिलिज भएको थियो । ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका चर्चित गीतहरू हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com