सहकारी मार्फत लिएको ऋण सन् नेपाल लाइफ इन्स्योरेन्सबाट भुक्तानी
पाल्पा ।
सन नेपाल लाइफ इन्स्योरेन्स रामपुर शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । रामपुर नगरपालिका ५ निवासी हुम बहादुर बिकले सुरक्षा बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा “सुरक्षा म्यादी जीवन बीमा” अन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट मृत्युदाबी भुक्तानी गरिएको हो।
रामपुर नगरपालिका वडा नम्बर ५ निवासी हुम बहादुर बि क ले सहकारी मार्फत २० लाख रुपैयाँ ऋण लिएकोमा सो ऋणको बीमा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्फत मुक्तानी गरिएको छ। ऋणी बि.क. को निधन भएपछि बीमा कम्पनीले सहकारी संस्थालाई मृत्युदाबी बापत २० लाख रुपैयाँ र क्रियाखर्चका लागि थप १० हजार रुपैयाँ मृतककी श्रीमती राधा बिकलाई रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल र प्रमुख बजार अधिकृत गणेश चौलागाईंले सो चेक सहकारीका सल्लाहकार लेखनाथ रेग्मी, अध्यक्ष मन्जु भट्ट र व्यवस्थापक ईन्द्रराज सिग्देल सहितको रहोबरमा हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा बोल्दै सिइओ अर्यालले जीवन बीमा दुःखको साथी र सम्पत्ति जोगाउने माध्यम भएको बताउनुभयो। उहाँले भन्नुभयो, -“बीमा व्यवसायिक र व्यक्तिगत दुवै जोखिम न्यूनीकरणमा सहायक छ। महिलाको सशक्तीकरणमा यसले ठूलो योगदान पुर्याइरहेको छ। हाल देशभरका करिब ४ हजार सहकारी संस्था सन नेपाल लाइफसँग आबद्ध छन्।”
प्रमुख अतिथि वडा नं. ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले पब्लिक क्षेत्रको लगानीले देशमा रोजगारी सिर्जना र आर्थिक सुदृढीकरणमा टेवा पुगेको बताउँदै यस्तो बीमा योजनाबाट पीडित परिवारले प्रत्यक्ष फाइदा लिन सकेको बताउनुभयो ।
त्यस्तै, क्षेत्रीय प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले सहकारीमार्फत ऋण लिँदा बीमा अनिवार्य रूपमा गरिनु आवश्यक रहेको बताउँदै म्यादी बीमाले सदस्यहरूलाई वास्तविक सुरक्षाको अनुभूति दिलाउने कार्य गरिरहेको उल्लेख गर्नुभयो।

सन नेपाल लाईफ ईन्सोरेन्स रामपुर उपशाखा प्रमुख सुस्मा देबकोटाले स्वागत गर्दै रामपुरमा बिमाको अबस्था, आबश्यकता र बीमाको महत्वको बारेमा जानकारी दिनुभएको थियो । आर्थिक तथा सामाजिक विकासमा योगदान पुराउनका लागि अशक्तता र आपतकालीन रोग र मृत्यु पश्चात् उत्पन्न हुने आर्थिक जोखिमलाई न्यूनीकरण गर्दै, संस्था, ऋणी र ऋणीका परिवारको दीर्घकालीन वित्तीय सुरक्षा सुनिश्चित गरी किफायती र विश्वासिलो जीवन बीमा सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको देवकोटाले बताउनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले बीमाको पहुँच र प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउनुपर्ने र सबै सहकारी संस्थाहरूलाई यस्तो पोलिसीमा आबद्ध गरिनुपर्नेमा जोड दिएका थिए । सहभागीलाई कम्पनीका सिइओ राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं र क्षेत्रीय प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले बिमाको पोलिसी बारे प्रशिक्षण दिनुभएको थियो ।
