2

Logo २०८३ बैशाख १३ आइतबार
रिव्दीकाेटले गर्‍याे रूपन्देहीमा बसाेबास गर्ने पालिकाबासीसँग छलफल

रिव्दीकाेटले गर्‍याे रूपन्देहीमा बसाेबास गर्ने पालिकाबासीसँग छलफल


Sabalnews प्रकाशित मिति : शुक्रबार, पौस ११ २०८२
148

पाल्पा ।

रुपन्देहीमा बसोबास गर्ने रिव्दीकोटबासीसँग गाउँपालिकाले सुझाव संकलन गरेको छ । रिव्दीकोट गाउँपालिकाको विकास निर्माणलगायतको विषयमा रुपन्देहीमा बसोबास गर्ने व्यक्तिहरुसँग गाउँपालिकाले सुझाव मागेको हो ।

हाल रुपन्देहीको विभिन्न स्थानमा विभिन्न पेशा व्यवसाय तथा रोजगार उद्यममा क्रियाशील रहेका रिव्दीकोट वडा नं. १, ख्याहा, वडा नं. २ देउराली, वडा नं. ३ खस्यौली, वडा नं. ४ भैरवस्थान, वडा नं. ५ कुसुमखोला, वडा नं. ६ ठिमुरे, वडा नं. ७, पालुङ्मैनादी र वडा नं. ८ फेकका बासिन्दासँग पालिकाले छलफलमार्फत सुझाव संकलन गरेको जनाएको छ ।
कार्यक्रममा सहभागी रिव्दीकोट स्थायी घर भई हाल रुपन्देहीमा व्यापार व्यवसाय, रोजगारमा सक्रिय रहनुभएका बासिन्दाले पालिकाले गाउँमै आएर व्यापार व्यवसाय लगानी गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, कृषि उद्यम तथा अन्य क्षेत्रमा लगानी गर्ने आफूहरुको चाहना भएपछि विविध कारणले लगानी गर्न नसकेको उनीहरुले बताएका थिए ।

छलफल कार्यक्रममा सहभागी थर्कबहादुर कुँवर क्षेत्रीले फेक पालिकाकै दुर्गम वडा भएकाले विकास निर्माणमा सबै वडालाई समान रुपमा हेरेर वनजेट विनियोजन गर्न आग्रह गर्नुभयो । यस्तै, ध्रुबबहादुर कँवरले पालिकाबाहिर बस्ने पालिकाबासीलाई जोड्ने गरी छलफल गरेकोमा पालिकालाई धन्यवाद दिनुभयो । उहाँले पालिकाको विकास निर्माणलगायतमा विकास निर्माणमा सन्तुष्ट हुने स्थान रहेपनि शिक्षा क्षेत्रको नतिजा सुधारमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा वक्ताहरुले रिव्दीकोटमा उत्पादित कृषिजन्य बस्तुको बिक्री गर्न रुपन्देहीमा हाटबजारको व्यवस्था गर्न माग गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले पालिकाको समग्र विकासका लागि आम नागरिकको सुझाव लिन यस्तो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले रुपन्देहीमा बसेर पनि पालिकालाई माया गर्ने नागरिकलाई पनि विकास निर्माणमा सहकार्य गर्न, राम्रा सुझावलाई कार्यान्वयन गर्न र पालिकाप्रति अपनत्व बढाउन कार्यक्रम गरिएको उल्लेख गर्नुभयो । सुझाव र सल्लाह दिने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जिसी वडा अध्यक्षहरु, शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाले पछिल्लो तीन वर्षको अबधिमा गरेका विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतको क्षेत्रमा गरेका कामको प्रस्तुति गरिएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा लिजाबाट प्राप्त गरेको उपलब्धि, बेरुजु न्युनीकरण गरेको, कृषि क्षेत्रमा भएको उपलब्धि, सडक, खानेपानी, पूर्वाधार निर्माण भएको उपलब्धीबारे जानकारी दिइएको थियो ।

पालिकाले ‘म बनाउँछु मेरो रिव्दीकोट’ अभियानलाई निरन्तरता दिएको,  पालिकालाई आईएसओ प्रमाणीकरणका लागि पहल गरिरहेको, पालिकाको भित्री क्षेत्रमा जाने सडकमा सुधार देखिएको, विगतमा भन्दा कृषिजन्य बस्तु निर्यात बढेको, ग्रामीण क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको पालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com