2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाका पाैडेल त्रिविको गोल्ड मेडलिस्ट, यतिबेला चर्चामा

पाल्पाका पाैडेल त्रिविको गोल्ड मेडलिस्ट, यतिबेला चर्चामा


Sabalnews प्रकाशित मिति : शुक्रबार, पौस ११ २०८२
204

पाल्पा ।

पाल्पाको तानसेनका स्थायी बासिन्दा कमल पौडेलले एम.ए. अर्थशास्त्र विषयमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल हुनुभएकाे छ ।

बुटवल बहुमुखी क्याम्पसबाट ३.७७ जीपीए ल्याएर उहाँ त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहमा ३ वटा पदक तथा पुरस्कार पाउन सफल हुनुभयाे । त्रिविबाट तारापद चौधरी स्वर्ण पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार उहाँले साे अवसरमा प्राप्त गर्नुभएकाे छ ।

बिगत नाैँ वर्षदेखि निजामति कर्मचारीकाे रूपमा कार्यरत पाैडेल हाल यातायात व्यवस्था विभागअन्तर्गत बुटवल सवारी परीक्षण कार्यालयमा रहनुभएकाे छ। कक्षा १२ मा विज्ञान, स्नातक तहमा इन्जिनियरिङका विद्यार्थी पौडेलले स्नातकोत्तरमा भने अर्थशास्त्र विषय पढ्नुभएकाे थियाे ।

तानसेनकै पदम पब्लिक माविबाट एसइइ उत्तीर्ण गर्नुभएकाे उहाँले तानसेनबाटै विज्ञान विषय लिएर कक्षा १२ पास गर्नुभएकाे थियाे । काठमाडौंस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गर्नुभएका पाैडेलले स्नातकाेत्तर भने अर्थशास्त्र विषयबाट गर्नुभएकाे हाे । सानै उमेरदेखि अध्ययनमा रूचि राख्नुहुने पाैडेलले गाेल्डमेडल प्राप्त गरेपछि जिल्लामा चर्चा भइरहेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com