2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल रेडक्रस सोसाइटी रामपुरको ९ औं साधारण सभा तथा ५ औं अधिबेशन सम्पन्न

नेपाल रेडक्रस सोसाइटी रामपुरको ९ औं साधारण सभा तथा ५ औं अधिबेशन सम्पन्न


Sabalnews प्रकाशित मिति : बिहिबार, पौस १० २०८२
253

पाल्पा ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको ९ औं साधारण सभा तथा ५ औं अधिबेशन सम्पन्न भएको छ ।

‘सेवा नै धर्म हो’ भन्ने मूल नारा बोकेको नेपाल रेडक्रस सोसाइटीको रामपुर उपशाखाको साधारणसभा तथा अधिवेशन उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग एवं  पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले रेडक्रस नाफाको लागि भन्दा सेवाको लागि तल्लिन हुने सस्था भएकोले सेवा भावको कर्ममा लाग्न रेडक्रसले मद्धत मिल्ने बताउनुभयो ।

पछिल्लोसमय आइटी मिडियालाई समेटेर रेडक्रस अगाडि बढ्नुको बिकल्प नरहेको भन्दै श्रेष्ठले काम गर्नुपर्छ र प्रचार नगरिकन गरियो भने ओझेलमा पर्छ, त्यसैले सबैको पहुँच र सेवाभाव जगाउन पनि प्रचार आवश्यक छ । प्रदेश सभा सदस्य श्रेष्ठले यस बर्ष नेपाल रेडक्रस सोसाइटीको भवन बनाउन प्रदेश सरकारले १० लाख बिनियोजन गरेको स्मरण गराउदै तत्काल यसको काममा लाग्न समितिलाई आग्रह गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बाबुराम कार्कीले रेडक्रसले ब्लड बैंक स्थापना, प्राथमिक उपचार, एम्बुलेन्स सञ्चालन गर्दै सामाजिक कर्ममा निरन्तर लागेको उल्लेख गर्दै जनताको दु:खमा र सामाजिक कार्यमा दत्तचित्त हुनुपर्ने बताउनुभयो । उहाँले अब हरेक स्थानीय तहमा रेडक्रस बिस्तार हुने योजनामा रहेको बताउदै पाल्पा शाखाले जिल्लामा ब्लड बैंक स्थापना गरि आबश्यक रगत पुर्‍याउन थालेको बताउदै रामपुरमा ब्लड युनिटको योजना रहेको उल्लेख गर्नुभयो ।

मन्त्री केशवराज नेपालले जिल्ला रेडक्रसले पाल्पामा सकिन्छ भनेर नै ब्लड बैंक स्थापनामा खटिएको र ब्लड राखेपछि पाल्पा सहित छिमेकी स्थानमा आबश्यक परेकोमा ब्लड उपलब्ध गराउन सकिएको बताउनुभयो ।

रामपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शान्ता बहादुर रोकाले रेडक्रस सेवाभावले सञ्चालन हुने संस्था भएको उल्लेख गर्नुभयो । उहाँले शहर उन्मुख यस क्षेत्रमा ब्लड बैंक राखिनुपर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी पाल्पाका उपमन्त्री कमलराज भट्टराईले रामपुर अस्पतालको समन्वयमा ब्लड ग्रुप पहिचान गरेपछि ब्लड दिनुपर्छ भन्ने केही भान बढेको बताउनुभयो । रामपुर नगरपालिकाले जिल्लामा ब्लड बैंक राख्न १० लाख दिएर सहयोग गरेको जानकारी दिनुभयो । उहाँले
ब्लड बैंकको युनिट रामपुरमा शुरु गर्न अनुरोध गर्नुभयो ।

रेडक्रसका आजिवन सदस्य तथा सहिद बहुमुखी क्याम्पस रामपुरका पूर्व अध्यक्ष नेत्र प्रसाद भट्टराईले रेडक्रस उपशाखा सुस्ताउदा खारेजको अबस्थालाई जोगाउने कामको स्मरण गर्नुभयो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष बन्दना पोखरेलले सेवामुलक काममा सस्था जुझारु भएर लाग्नुपर्ने बताउनुभयो ।

रेडक्रस रामपुर उपशाखा सभापति मनोरथ भट्टराईले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै भैपरीको समयमा आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । उहाँले रामपुर ४ रेवतीपोखरा क्षेत्रमा भएको आगोलागीबाट क्षति भएका ९ परिवारलाई  सामान र नगद सहयोग गरेको बताउनुभयो । उहाँले ब्लडको आवश्यकताको बेला ब्लड बाहिरबाट ल्याउन र सामाजिक सञ्जाल मार्फत तत्काल व्यक्ति तयार गरेर ज्यान बचाउनमा रेडक्रस लागेको उल्लेख गर्नुभयो ।

साधारणसभामा संस्थाका कोषाध्यक्ष दुर्गा प्रसाद भट्टराईले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २ लाख १८ हजार ५ सय १६ रुपैयाँ आम्दानी, १ लाख २५ हजार ८ सय ३६ रुपैयाँ खर्च र ९२ हजार ६ सय ८० रुपैयाँ बचत रहेको जानकारी दिनुभयो।

नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखा सभापति मनोरथ भट्टराईको अध्यक्षतामा चलेको कार्यक्रममा कोषाध्यक्ष दुर्गा प्रसाद भट्टराईले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव तिल बहादुर श्रेष्ठले गर्नुभएको हो ।

यसैबीच, सस्थाको पाचौं अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com