2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीले वडै भर आयोजना गर्‍यो एकीकृत घुम्ती शिविर

निस्दीले वडै भर आयोजना गर्‍यो एकीकृत घुम्ती शिविर


Sabalnews प्रकाशित मिति : बुधबार, पौस ९ २०८२
218

पाल्पा ।

पाल्पा जिल्लाको बिकट पालिका हो- निस्दी गाउँपालिका । निस्दी भौगोलिक हिसाबले र दुरीका हिसाबले जो कसैको पायकमा पर्दैन । तर स्थानीय जनप्रतिनिधिको नजर नपर्ने कुरै भएन । निस्दी गाउँपालिकाले सबै वडाका नागरिकलाई गाउँ तहमा नै सबै सेवा दिन एकीकृत घुम्ती शिविरको आयोजना गर्यो ।

पालिकाका ७ वटै वडामा एकीकृत घुम्ती शिविर चलाएको हो । गाउँपालिकाको सेवा लिन दिनै विताएर पालिकाको केन्द्र सम्म धाउनु पर्ने नागरिकलाई वडा-वडामा पुगेको शिविरले सरकार घर दैलोमा आएको अनुभुति नागरिकले गरे । त्यसो त पालिकाले गतबर्ष पनि शिविर चलाएको थियो तर बर्षभरी पालिका पुग्नुपर्ने नागरिक वडामा शिविर आउदा अत्तपत्त सबै सेवा लिन आतुर देखिए ।

भुगोलका कारण सबै नागरिकको पहुँच पालिकामा नपुग्ने यथार्थ हो, घुम्ती शिविर चलाएर सबैको पहुँचमा ल्याउन खोजिएको छ,स्वास्थ्य लगायत अत्यावश्यक र जान नसक्नेलाई घरमा पनि सेवा दिदै आएका छौ- निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले भन्नुभयो । शिविरले दुर्गम तथा पिछडिएका समुदायका नागरिकलाई सेवा लिन सहज बनाउएको छ । सेवा लिन समय, श्रम र पैसा खर्च गरेर पालिकाको केन्द्रसम्म धाउनुपर्ने नागरिकको बाध्यतालाई मनन गरी सहज, सरल र सर्वसुलभ सेवा प्रदान गर्न शिविर राखिएको उहाँले बताउनुभयो ।

गत मंसिर २८ देखि पुस ६ गतेसम्म चलेको शिविरमा गाउँपालिकाको कार्यालयबाट दिइने सबै सेवा दिइएको हो । सात दिनसम्म चलेको शिविरबाट ५ हजार ९ सय ७ जनाले सेवा लिएको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर चितौरेले जानकारी दिनुभयो ।

शिविरबाट ६२ योजनाको सम्झौता गरिएको र १० वटा योजनालाई पेश्की भुक्तानी दिईएको छ । साथै शिविर मार्फत एक हजार ७२ जनाले सामान्य स्वस्थ्य परीक्षण सेवा, ९९८ जनाले स्वास्थ्य औषधी वितरण सेवा, ८१८ जनाले रक्त समूह परीक्षण सेवा, ७९२ जनाले आयुर्वेद औषधी वितरण सेवा, ४ जनाले व्यवसाय दर्ता सेवा, ६२ जनाले व्यवसाय नविकरण सेवा, ६३ जना कृषकले माटो परीक्षण सेवा, ८४९ कृषकको १९ हजार ६८० पशुचौपायाको लागि औषधी वितरण, २३२ जनाले वैदेशिक रोजगार अभिमुखीकरण सेवा, २१९ जनाले भू–वर्गीकरण निवेदन सेवा लिएका गाउँपालिकाका प्रशासकिय अधिकृत अर्जुन खनालले जानकारी दिनुभयो ।

शिविरको अवसरमा २८४ जना जेष्ठ नागरिकलाई लौरो, टर्च लाईट र हर्लिक्स सहित सम्मान गरिएको थियो । शिविर मार्फत ८ जनालाई अपाङ्गता परिचयपत्र वितरण, जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको छ । प्रत्येक वडाका कृषकले उत्पादन गरेका कृषि उपज तथा खसी बोका शिविरमा प्रदर्शन गरी उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो । विद्यालयका विद्यार्थीहरु विच बौद्धिक प्रतियोगिता सञ्चालन भएको थियो । यस्तै ७ वटा संस्थाको नविकरण समेत गरिएको छ ।

पालिकाले मंसिर २८ गते वडा नं. १ को बाकामलाङबाट शुरु गरेको घुम्ती शिविर वडा नं. २ को सहलकोट, वडा नं. ३ को झिरुवास, वडा नं. ४ को मित्याल, वडा नं. ५ को गल्धा, वडा नं. ६ को अर्चले र वडा नं. ७ को ज्यामिरेमा शिविर आयोजना गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com