2

Logo २०८३ बैशाख १३ आइतबार
मधेशका नवनिर्वाचित सभामुख रामअशिष यादवद्दारा पदभार ग्रहण

मधेशका नवनिर्वाचित सभामुख रामअशिष यादवद्दारा पदभार ग्रहण


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस ८ २०८२
190

मधेश ।

मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पदभार ग्रहण गर्नुभएको छ । सभामुख यादवले सोमबार मधेश प्रदेश सभामा रहेको सभामुखको कार्यकक्षमा पदभार ग्रहण गर्नुभयो।

सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभामुख यादवले प्रदेश सभाबाट हुने कामकाजलाई चुस्त दुरुस्त र कानुन सम्मत बनाएर अघि बढ्ने जानकारी दिदै लोकतान्त्रिक मूल्य र मान्यता अनुसार प्रदेश सभालाई प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विगतमा भएजस्तो नातावाद र दलतन्त्र हावी हुने कुनै कार्य आफू बाट नहुनेमा सभामुख यादवले ढुक्क हुन आग्रह गर्नुभएको थियो । विभिन्न बाधा र अडचनका कारण कार्यान्वयन नहुन सकेको भाषालगायतका कानुनहरु अगाडि बढाउन सम्पूर्ण दलहरुसंग सहकार्य र छलफल गर्ने बल्समेत बताउनुभयो ।

मधेश प्रदेश सभामा भएका सम्पूर्ण दल र सांसद एक बराबर मानेर बैठकको काम काज अगाडि बढाउने उहाँको भनाई थियो ।

सभामुख यादवलाई मधेश प्रदेश सभाका सम्पूर्ण कर्मचारी एवम् पदाधिकारीहरुद्वारा भव्य स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com