2

Logo २०८३ बैशाख १३ आइतबार
भ्रामक सूचनाबाट नागरिक जोगाऔं: पोख्रेल

भ्रामक सूचनाबाट नागरिक जोगाऔं: पोख्रेल


Sabalnews प्रकाशित मिति : सोमबार, पौस ७ २०८२
239

पाल्पा

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार विपुल पोख्रेलले गलत सूचनावाट समुदाय र नागरिक जोगाउनका लागि पत्रकारहरु थप जिम्मेबार हुनुपर्ने बताउनुुुभएको छ ।

इन्टरनेटको विकाससंगै सञ्चारका माध्यमको उपस्थिति बढेको भएपनि पत्रकारिता भैरहेको छ कि छैन भन्ने बिषयमा गंभिर प्रश्न उठेको उहाँले बताउनुभयो । ‘माध्यमहरुको उपलब्धता स्वागतयोग्य छ, तर ति माध्यमबाट पत्रकारिताका आधारभूत मान्यतामा आधारित भएर सामग्री प्रवाह भैरहेका छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हो’ उहाँले भन्नुभयो, ‘यस्तोबेलामा पत्रकारहरुले सही र तथ्यमा आधिरित सूचना प्रवाह गरी नागरिकलाई गलत सूचनाबाट जोगाउनु पर्छ ।’

पाल्पाको रामपुरका पत्रकारहरुसंग कुरा गर्दै पोख्रेलले मिडिया साक्षरताको अभियान कलेज र समुदायमा लैजान आबश्यक रहेको बताउनुभयो । ‘समाचार के हो ? पत्रकारिता कसरी गरिन्छ? सही सुचना कसरी थाहा पाइन्छ? भन्ने कुरा पनि सञ्चारका उपभोक्तालाई पनि जानकारी हुनुपर्छ’ पोखरेलले भन्नुभयो, ‘त्यसका लागि पत्रकारहरुको संस्थाले मिडिया साक्षरताको अभियान नै सञ्चालन गर्नुपर्छ ।’

पछिल्लो समय युटुव र पत्रकारिता गरिरहेका कतिपय युवा बर्गबाट प्रश्न गरेको कि थर्काएको शंका उब्जने, उत्तरदायित्व नभई आरोपमा सिमित हुने स्थिति आउदा जनउत्तरदायी पत्रकारको धर्म निभाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कम स्रोतसाधनका बिचमा पनि नेपालका दूर्गम स्थानका पत्रकारहरुले नेपाली पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको पत्रकार पोख्रेलले प्रशंसा गर्नुभयो । ‘पत्रकारिता कर्म जति व्यबस्थित हुन्छ, समाजमा त्यति नै अन्तरक्रिया हुन्छ’ उहाँले थप्नुभयो, ‘समाजलाई अन्तरक्रियात्मक बनाउँदै लोकतन्त्रलाई मजबुँद गराउने कुरामा नेपालका दूर्गम भेगका पत्रकारले महत्वपूर्ण भूमिका खेलेका छन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com