2

Logo २०८३ बैशाख १३ आइतबार
रामतुलसी माध्यमिक विद्यालयले ५८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस मनायो

रामतुलसी माध्यमिक विद्यालयले ५८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस मनायो


Sabalnews प्रकाशित मिति : बुधबार, पौस २ २०८२
183

पाल्पा ।

जिल्लाको उत्कृष्ट विद्यार्थी अध्ययनरत रामतुलसी माध्यमिक विद्यालयले ५८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ । रामपुर नगरपालिका–५ मा अबस्थित यस विद्यालयले स्थापनाको ५८ औं वर्ष प्रवेशको अवसरमा सप्ताब्यापी कार्यक्रम, सम्मान तथा खाना महोत्सव गरि उत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ अशोकको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठले प्रविधिको विकास संगै युवा पुस्ताको चाहाना र आवश्यकता बढ्दै गएको स्मरण गर्दै उहाँले जीवनले सकारात्मक फड्को मार्ने खालको शिक्षा हुनुपर्ने बताउनुभयो ।

प्रविधिको विकास सँगै एआईले फड्को मारेको स्मरण गर्दे नयाँ पुस्तालाई सोही अनुसार प्राविधिक शिक्षामा जोड दिनु पर्ने उहाँको भनाई थियो । उहाँले समय अनुसारको व्यवहारिक र प्राविधिक शिक्षामा जोड दिनुको विकल्प नभएको बताउनुभयो । आफुले पढेको घरपरिवारको धनमन र तनले सहयोग गरेको, तत्कालिन समयममा गाविस वडा अध्यक्ष हुँदा निरन्तर सहयोग गर्दै पसिना बगाउदै आएको विद्यालयमा प्रदेश सरकारले सहयो ग गर्दै आएको र थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले सैद्धान्तिक ज्ञान संगै संस्कार सहितको व्यवहारिक ज्ञान तत्कालको आवश्यकता रहेको बताउनुभयो । सबैको साथ र विद्यालयको व्यवस्थापनले विद्यालयले छोटो समयमा प्रगति गर्न सफल भएको बताउँदै थापाले रामतुलसीलाई प्राथमिकताका साथ आवश्यक साथ र सहयोग गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयको वर्तमान अवस्था र भावि योजना सहितकोे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालयमा हाल मन्टेश्वरी देखि कक्षा १२ सम्म दुई हजार ७७२ जना विद्यार्थी अध्ययनरत छन् । ११३ रोपनी १३ आना जग्गामा रहेको विद्यालय १९ वटा ब्लकमा ९० वटा कक्षा कोठा सहित सञ्चालनमा रहेको लम्सालले बताउनुभयो । विद्यालयमा शिक्षक र कर्मचारी गरी १२५ जना कार्यरत रहनुभएको छ। विद्यालयले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी जानकारी दिईएको छ। प्रधानाध्यापक लम्सालले विद्यालयको वार्षिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठ अशोकले विद्यालयले समय सापेक्ष शिक्षा प्रदान गर्नका लागि चालु शैक्षिक सत्रबाट कक्षा ११ मा होटल म्यानेजमेण्ट कक्षा सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले विद्यालयलाई वर्तमान अबस्थासम्म ल्याउन साथ र सहयोग गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो । विद्यार्थीको चाप निरन्तर बढेको छ अध्यक्ष श्रेष्ठले भन्नुभयो–भौतिक पूर्वाधार निर्माणको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत छ करोड २० लाखको लागतमा नयाँ भवन निर्माण प्रक्रिया अघि बढेको छ। कार्यक्रममा विद्यालयका लेखापाल हरिहर रेग्मीले गत आर्थिक वर्षको १२ करोड ७५ लाख ५७ हजार २ सय ७१ रुपँया ४८ पैसा बराबरको आयव्याय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु एको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक पुर्णचन्द्र घिमिरेको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो । वार्षिकउत्सवको अवसरमा विद्यार्थीले सांस्कृतिक प्रतिभा प्रस्तुत गरेका थिए। साथै खाना महोत्सव, शैक्षिक सामग्री प्रदर्शनी, चित्रकला प्रदर्शनी समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com