2

Logo २०८३ बैशाख १३ आइतबार
तनाव व्यबस्थापनको लागि योग साधना

तनाव व्यबस्थापनको लागि योग साधना


Sabalnews प्रकाशित मिति : बुधबार, पौस २ २०८२
183

पाल्पा ।

तनाव व्यबस्थापनका लागि योग साधना बिषयक कक्षा ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालय रामपुरमा सम्पन्न भएको छ ।

ब्रहमाकुमारी ईश्वरिय विश्व विद्यालय अन्तर्राष्ट्रिय मुख्यालय माउन्ट आवु देखि आउनु भएका बरिष्ट राजयाेग प्रशिक्षक ब्रह्माकुमार डा. पीयूष रन्जनले तनाव ब्यवस्थापन विषयमा प्रशिक्षण दिनुभएको हो ।

तनाबले दैनिक जीवन, भबिश्यमा बाचेर तनाब -भुतकालमा बाचेर तनाव, तनाव लिएर बाच्नुभन्दा आजलाई सतर्क र सहज बनाउन डा. रन्जनले सल्लाह दिनुभयो । डाक्टरले पनि सल्लाह दिएर हामी नियमित औषधि खान्छौ, त्यस्तै हरेक दिन हरेक पल खाना र जिवनयापनमा आफ्नै सल्लाह मान्ने हो भने जीवन बिरामी बिनाको सुन्दर हुने बताउनुभयो ।

दैविक गुण पनि औषधि भएको बताउदै उहाँले सबैलाई  आशिर्वाद दिएर दिल बचन मन र कर्मले उमंग भर्न सक्नु नै जीवन भएको उहाँको भनाई थियो ।

ब्रहमाकुमारी बिश्वबिद्धालय बेझाड सभाहलमा भएको कार्यक्रममा चापाकोट नगरपालिकाका पुर्व उपप्रमुख बिमला श्रेष्ठ, जग्गादाता ऋषिराम भट्टराई, समाजसेवी नगिलाल पौडेलले योग र साधना जिवनको सुन्दर पक्ष भएको बताउनुभएको थियो ।

ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्धालय तानसेनका प्रमुख राजयोग भानुप्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पौडेलले योग अभ्यासले डर मात्र भगाउने होइन पीडा पनि कम हुने बताउनुभयो ।

कार्यक्रमको सञ्चालन रामपुर बिश्वबिद्धालयका प्रमुख राजयोगिनी सरस्वती दिदीले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com