2

Logo २०८३ बैशाख १३ आइतबार
रामतुलसी नमुना माबिको बार्षिकोत्सव, विद्यार्थीद्दारा फुड फेस्टिबल

रामतुलसी नमुना माबिको बार्षिकोत्सव, विद्यार्थीद्दारा फुड फेस्टिबल


Sabalnews प्रकाशित मिति : बुधबार, पौस २ २०८२
232

पाल्पा । 

पाल्पा जिल्लाको पुर्वी भेगमा अबस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयको ५८ औं बार्षिकोत्सवको अबसरमा विद्यार्थीले आयोजना गरेको फुड फेस्टिबल आकर्षक बन्यो ।

कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले १७ वटा स्टलमा विभिन्न परिकारहरु तयार गरी बिक्री समेत गरेका थिए । गतबर्ष देखि फुड फेस्टिबल गर्न थालेका विद्यार्थीले मगरी, नेवारी परिकार सहित सेलरोटी, भुटन, बारा बटुक, योमरी, चाउमिन म: म:, फुरौला, पकौडा सहितका परिकार स्टलमा थिए ।

विज्ञान गणित र सामाजिक समूहका शिक्षक र विद्यार्थीहरुले विभिन्न शैक्षिक सामग्रीहरु निर्माण गरी राखेको प्रदर्शन उत्कृष्ट थियो । विद्यालयले विभिन्न क्षेत्रमा सामाजिक सेवामा योगदान पुर्‍याए बापत विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो ।

मेट्रोसिटी हस्पिटल रामपुरले बार्षिकोत्सवमा निःशुल्क सुगर, ब्लड प्रेसर परीक्षण तथा रक्त समूह छुट्याउने सेवा प्रदान गरेको थियो। विद्यालय र हस्पिटल बिच सेवा प्रवाहमा सम्झौता पनि भएको छ । कार्यक्रममा विद्यार्थीहरूले परम्परागत सुन्दर नृत्यहरू प्रस्तुत गरेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com