2

Logo २०८३ बैशाख १३ आइतबार
लुम्बिनी वाङ्मयप्रतिष्ठान नेपालद्दारा लुम्बिनी प्रदेश स्तरीय साहित्यिक भेला

लुम्बिनी वाङ्मयप्रतिष्ठान नेपालद्दारा लुम्बिनी प्रदेश स्तरीय साहित्यिक भेला


Sabalnews प्रकाशित मिति : सोमबार, मंसिर ३० २०८२
274

पाल्पा ।

लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल जिल्ला समितिद्दारा लुम्बिनी प्रदेश स्तरीय साहित्यिक भेला प रामपुरमा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष कृष्णकला मण्डारीको अध्यक्षतामा भएको भेलामा साहित्यकार राजेन्द्रकुमार आचार्यले साहित्य समाजको ऎना रहेको बताउनुभयो । लुम्बिनी वाङ्मय प्रतिष्ठानका संस्थापक महासचिव समेत रहनुभएका आचार्यले साहित्य बिकाउ र टिकाउ हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य पाहुना आचार्यले समाज रूपान्तरणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै धार्मिक तथा पर्यटकीय स्थलको पहिचानसँगै लुकेर रहेको साहित्यिक ऊर्जालाई उजागर गर्ने उद्देश्यले यस्तो भेला आयोजना गरिएको बताउनुभयो ।

लुम्बिनी प्रदेशका साहित्यकार तथा सर्जकले पालैपालो कविता, गजल, मुक्तक, गीत, हाइकु, लोरी लगायत विविध साहित्यिक सिर्जनाहरू वाचन गर्नुभएको थियो । कार्यक्रममा ७० भन्दा बढी साहित्यकारको सहभागिता रहेको थियो भने ७ जना आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गोविन्दमोहन खड्काले ‘रूपा’ उपन्यासबारे प्रकाश पार्नुभएको थियो । रामतुलसी नमुना माविका प्रधानाध्यापक बालकृष्ण लम्साल, साहित्यकार श्यामप्रसाद न्यौपाने, लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । केन्द्रीय अध्यक्ष आजादले प्रतिष्ठानको स्थापना, उद्देश्य, हालसम्मका गतिविधि र भावी योजनाबारे जानकारी गराउँदै नेपाली भाषा–साहित्यप्रति समभावको विचार प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा प्रस्तुत सिर्जनाहरूमा राष्ट्रप्रेम, प्रकृति चेतना, मानवीय संवेदना, लोकतान्त्रिक व्यवस्थाभित्रका विकृति–विसङ्गति, प्रतीक, बिम्ब र अलङ्कारमार्फत समकालीन यथार्थलाई प्रभावकारी रूपमा अभिव्यक्त गरिएको पाइयो ।

कार्यक्रमको सञ्चालन सचिव तुल्सीप्रसाद पोखरेलले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com