रैनादेवी छहरा गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका
पाल्पा ।
रैनादेवी छहरा गाउँपालिकाले “पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चिततासम्बन्धी मापदण्ड, २०८०” अनुसार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचक पूरा गरेपछि पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्यको क्षेत्रमा पालिकाले निरन्तर काम गरेकोले पुर्ण सस्थागत प्रसुति सेवायुक्त घोष्णा गर्न सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरे, गाउँपालिका अध्यक्ष रुक्मांगत भटराई, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, तथा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
सबैभन्दा धेरै प्रसुति भएको छहरा स्वास्थ्य चौकी, सबैभन्दा धेरै प्रसुति गराउने नर्सिङ कर्मचारी जुठापौवा स्वास्थ्य चौकीका अनमी, कार्यसम्पादनको आधारमा उत्कृष्ट संस्था जुठापौवा स्वास्थ्य चौकी सम्मानित भएको छ । साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा ६० वर्ष उमेर पुग्नुभएका ५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू सम्मान सहित बिधाई गरिएको छ ।