2

Logo २०८३ बैशाख १३ आइतबार
रैनादेवी छहरा गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका

रैनादेवी छहरा गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका


Sabalnews प्रकाशित मिति : शनिबार, मंसिर २१ २०८२
141

पाल्पा ।

रैनादेवी छहरा गाउँपालिकाले “पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चिततासम्बन्धी मापदण्ड, २०८०” अनुसार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचक पूरा गरेपछि पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री  खेमबहादुर सारुले स्वास्थ्यको क्षेत्रमा पालिकाले निरन्तर काम गरेकोले पुर्ण सस्थागत प्रसुति सेवायुक्त घोष्णा गर्न सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरे, गाउँपालिका अध्यक्ष रुक्मांगत भटराई, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, तथा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति  रहेको थियो ।

सबैभन्दा धेरै प्रसुति भएको छहरा स्वास्थ्य चौकी, सबैभन्दा धेरै प्रसुति गराउने नर्सिङ कर्मचारी जुठापौवा स्वास्थ्य चौकीका अनमी, कार्यसम्पादनको आधारमा उत्कृष्ट संस्था जुठापौवा स्वास्थ्य चौकी सम्मानित भएको छ । साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा ६० वर्ष उमेर पुग्नुभएका ५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू सम्मान सहित बिधाई गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com