2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा “दोस्रो भम्बक युनाईटेड कप २०८२” हुँदै, क्लब स्तरीय भलिवल प्रतियोगितामा ७ क्लब भिड्ने

पाल्पामा “दोस्रो भम्बक युनाईटेड कप २०८२” हुँदै, क्लब स्तरीय भलिवल प्रतियोगितामा ७ क्लब भिड्ने


सीता डोटेल प्रकाशित मिति : शनिबार, मंसिर १४ २०८२
372

पाल्पा ।

खेलकुदको हव बन्दै गएको पाल्पा जिल्लाको रामपुरमा फेरि क्लब स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । यहाँ सक्रिय रुपमा रहेको भम्बक युनाईटेड युथ क्लबको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा “दोस्रो भम्बक युनाईटेड कप २०८२” अन्तर्गत क्लव स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको हो ।

आगामी मंसिर १६ देखि २० गते सम्म रामपुर ५ भम्बक कालीगण्डकी करिडोरको उत्तरतर्फको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । खेल लिगकम नकआउट सिस्टममा सञ्चालन चल्नेछ ।शनिबार पत्रकार सम्मेलन गर्दै क्लबले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र प्रतियोगितामा पाल्पा, स्याङ्जा, नवलपुर, रुपन्देही र कास्कीका गरि उत्कृष्ट सात क्लवले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

खेल संयोजक एवं क्लवका वरिष्ठ उपाध्यक्ष अनुप मल्लले प्रतियोगितामा होराइजन भलिबल क्लव रुपन्देही, मणिमुकुन्द भलिबल क्लव रुपन्देही, जिल्ला भलिबल संघ स्याङ्जा, जिल्ला भलिबल संघ पाल्पा, एपीएफ पोखरा, आयोजक भम्बक युनाईटेड युथ क्लव र जिल्ला भलिबल संघ नवलपुरबाट प्रतियोगितामा सहभागी हुने जानकारी दिनुभयो । खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा रहेका (एनभिए कप खेलेका)बढीमा ३ खेलाडी सहित क्लबले सहभागीता जनाउने उहाँले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख, द्वितीय हुने क्लबले नगद एक लाख, तृतीय हुनेले नगद ५० हजार र सान्त्वना हुने समूहले नगद ३० हजार रुपयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक मल्लले जानकारी दिनुभयो । साथै उत्कृष्ट खेलाडीलाई नगद १० हजार र अन्य पाँच वटा विधामा उत्कृष्ट खेलाडी छनौट गरि नगद ५/५ हजार पुरस्कार सहित सम्मानको व्यवस्था गरिएको छ ।

खेल आर्थिक समिति संयोजक राजेन्द्र मल्लले खेल सञ्चालन गर्न १७ देखि १८ लाख खर्च लाग्ने अनुमान गरिएको बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि विभिन्न संघ संस्था, विदेश तथा नेपालमा रहनु भएका सहयोगी दाताहरुबाट आर्थिक संकलन जारी रहेको उहाँले जानकारी दिनुभयो ।

भम्बक युनाईटेड युथ क्लवका अध्यक्ष बालकृष्ण कुमालले युवाहरुलाई गाउँघरमा नै केही गर्नुपर्छ भन्ने सामाजिक भाव जगाउन र नयाँ खेलाडी उत्पादन गर्न क्लबले दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
प्रतियोगिता रामपुर नगरपालिकाको संरक्षण, जिल्ला भलिबल संघ पाल्पाको समन्वय, रामपुर उद्योग वाणिज्य संघ, रामपुर भलिबल संघ र नगर खेलकुद विकास समितिको सहकार्यमा सञ्चालन हुन लागेको हो ।

क्लबले भलिबल खेल दर्शकको सहजताको लागि २५ सय देखि ३ हजार दर्शक क्षमता अट्ने ग्राउण्ड र प्याराफिट निर्माण गरेको छ । साथै खेल अवलोकनका लागि शुरुका चरणमा प्रवेश शुल्क १ सय रुपैयाँ, र सेमिफाईनल र फाइनल खेल अवलोकनका लागि २ सय शुल्क तोकेको छ । विद्यार्थीका लागि प्रवेश शुल्कमा ५० प्रतिशत छुट, १० बर्ष मुनिका बालबालिका, फरक क्षमता भएका नागरिक र जेष्ठ नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । प्याराफिटमा भिआईपी विशेष पास १५ सय तोकिएको छ ।

क्लबका अध्यक्ष बालकृष्ण कुमालको अध्यक्षतामा भएको पत्रकार सम्मेलन क्लवका सल्लाहाकार गोविन्द रानाको स्वागत र शालिकराम खनालको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com