2

Logo २०८३ बैशाख १३ आइतबार
आइतबार सुनचाँदीको मुल्यमा गिरावट, सुन झण्डै ७ हजारले घट्यो

आइतबार सुनचाँदीको मुल्यमा गिरावट, सुन झण्डै ७ हजारले घट्यो


Sabalnews प्रकाशित मिति : आइतबार, मंसिर १ २०८२
239

काठमाडौं । 

नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्यमा प्रति तोला ६ हजार ९ सय रुपैयाँले कमी आएको छ भने चाँदीको मूल्य पनि घटेको छ ।

आज छापावाला सुन प्रति तोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार प्रति तोला ३ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार १३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६८८ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com